ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रसुवागढी नाका यसै साता खुल्दै

दैनिक ५० मालवाहक गाडी भित्र्याउने तयारी

२०७७ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले रसुवागढी नाकाबाट दैनिक ५० मालवाहक गाडी भित्र्याउने तयारी गरेको छ । विगत ५ महीनादेखि ठप्प सो नाका सञ्चालन गर्न गत हप्ता दुई देशका अधिकारीहरूबीच उच्चस्तरीय छलफल भएको थियो । चिनियाँ पक्ष उच्च सुरक्षा सतर्कताका साथ नाका खुलाउन सहमत भएसँगै रसुवागढी भन्सार प्रमुखसहित अन्य कर्मचारीसमेत कार्यालयमा नियमित जान थालेका छन् ।

सो नाकालाई निर्बाध रूपमा सञ्चालन गरी समान जाँचपासलाई प्रभावकारी बनाउन आपूले सबै व्यवस्था मिलाएको भन्सार कार्यालय टिमुरेका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार दैनिक ५० मालवाहक गाडी यसै साताबाट सो नाका हुँदै नेपाल भित्रनेछन् । यसअघि ६०–७० को हाराहारीमा मालवाहक गाडी भित्रने गरेका थिए ।

केरुङमा करोडौं रुपैयाँको मालसामान लोड भएर अड्किएका ३०० गाडी यसै हप्ता छुट्ने खड्काले बताए । रसुवागढीको मितेरी पुलमा चिनियाँ कन्टेनरले सामान ल्याइदिनेछ । नेपालले चीनतर्फ १० जना ड्राइभर र १५ जना कामदार तत्काललाई क्वारेन्टाइनमा राख्नेछ । उनीहरू ओहोरदोहोर गर्न पाउने छैनन् । तर, उनीहरूले नै नेपालबाट मितेरी पुल पुगेको गाडीमा सामान लोड गरी नेपाल ल्याउने र फर्केर चीनतर्फ नै बस्ने गरी व्यवस्था मिलाइएको छ । लामो समयदेखि चीनतर्फको उक्त नाका बन्द हुँदा केही स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट आइरहेको थियो ।

रसुवागढी नाका निर्बाध सञ्चालनमा आउन लागेसँगै उद्योगी व्यापारी खुशी देखिएका छन् । लामो समयदेखि बन्द रहेको रसुवागढी नाका वर्षायाममा फेरि बन्द हुने चिन्ताले भने उद्योगीहरूलाई छाडेको छैन । लागत र दूरीका हिसाबले चीनसँग जोडिएको अन्य नाकाभन्दा रसुवागढी उपयुक्त रहेको नेपाल चेम्बर अफ कमर्शका भन्सार सभापति नीरज राईले बताए । ‘वर्षायाममा सञ्चालन गर्न अप्ठ्यारो भए पनि अन्य बेला रसुवागढी नाका निर्बाध चलिदिने हो, धेरै राहत मिल्छ,’ उनले भने ।

राईका अनुसार अहिलेको तयारीअनुसार नै नाका सञ्चालनमा आए दैनिक १ देखि डेढ करोड राजस्व उठ्नेछ । सो नाका हुँदै विशेषतः इलेक्ट्रोनिक्स, लत्ताकपडा आउने गरेको उनको भनाइ छ ।

रसुवागढी नाकाबाट समान भिœयाउने सहमति भए पनि सर्वसाधारण आवतजावतमा भने रोक लगाइएको छ । ‘स्वास्थ्य परीक्षण, सीमाक्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टाइनजस्ता व्यवस्थापनबाट कारोबार अगाडि बढाउने सहमति चिनियाँ पक्षसँग भए पनि दुवै देशका नागरिक आवतजावतमा भने यसअघि लगाइएको रोक यथावत् छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने । उनका अनुसार चिनियाँ सवारीसाधनले नै मितेरी पुलसम्म मालसामान ल्याउनेछन् । स्थानीय तहसँग समन्वय गरेर नेपालतर्पm उच्च सुरक्षा सतर्कताका साथ सामान भिœयाउन आवश्यक पूर्वाधार खडा गरिसकिएको छ । चीनले यसअघि पनि केरुङ नाका खोल्न सहमति दिएको थियो । तर, त्यसबेला रसुवाका स्थानीय जनप्रतिनिधिले अवरोध गरेपछि रोकिएको नाका फेरि खुल्न सकेको थिएन । प्रजिअ अधिकारीका अनुसार अहिले सो नाका निर्बाध खुलाउन स्थानीयको कुनै अवरोध रहने छैन । ‘सुरक्षा प्रबन्ध कडा पारिनेछ, नाकाहरूलाई अब निर्बाध रूपमै सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)