ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन मन्त्रालयद्वारा विभिन्न विधातर्फका पुरस्कार सार्वजनिक

 विज्ञान विधातर्फको पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

२०७७ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार १५, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विसं २०७६ सालको लागि प्रदान गर्ने विभिन्न पुस्कार पाउने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निणर्य अनुसार मन्त्रालयले सोमवार पुरस्कार पाउने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले ०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । उक्त आविष्कार केन्दका संस्थापक महाविर पुन हुन् । 

त्यस्तै, संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधातर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय गरेको छ ।

श्रेष्ठ सिमाविद् हुन् भने रिसाल सिमाको खोज अध्ययनकर्र्ता मात्र नभएर भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा पनि उक्तिकै शसक्त व्यक्तित्व हुन् । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय भएको छ । 

ती सबै पुरस्कारको राशी जनही रू.१ लाख रहेको छ । यस्तै समाज सुधार अभियान विधातर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय भएको छ ।

 गत जेठ १० मा प्रेमिका लिन साथीहरुसहित पश्चिम रुकुम पुगेका विकसहित ६ जनाको स्थानीयहरुबाट हत्या गरिएको थियो । 

समाज सुधार, सामाजिक न्याय, समता तथा  दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पुर्‍याएका भगत सर्वजित विश्वकर्माको कदर स्वरुप नेपाल सरकारले विसं २०७३  सालदेखि भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । 

यसबाहेक संस्कति, भाषा, ललितकला, संगीत तथा नाट्य गरि चारै विधामा एक– एक जनालाई जनही रू.१ लाख राशीको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रू.५० हजार राशीको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा गरिएको छ ।  

महाकवी देवकोटा पुरस्कार भाषा सहित्य विधासहित कविता, निवन्ध, गद्यआख्यान/ नाटक र बाल साहित्य/ लोकसाहित्य गरि पाँच ओटा विधामा पाँच जना स्रष्टालाई दिने निर्णय भएको छ । 

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृतिसहित राजनीतिक र सैद्धान्तिक तथा ईतिहास गरि तीन ओटा विधामा तीन जनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । 

ती प्रत्येक पुरस्कारको राशी जनही रू. १ लाख रहेको मन्त्रालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)