ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एअरलाइन्स र हुवावेई क्लाउडबीच रणनीतिक सहकार्य सम्बन्धि सम्झौता 

स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाल प्रवर्द्धनको अपेक्षा

२०७७ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार १६, काठमाडौं  । हिमालय एअरलाइन्स र चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी (हुवावेई क्लाउड) बीच रणनीतिक सहकार्य सम्बन्धि सम्झौता भएको छ । 

हुवावेईले हिमालय एअरलाइन्स्लाई सूचना तथा संचार प्रविधि (आईसीटी) को क्षेत्रमा सक्षम र प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्न सहयोग गर्ने हिमालय एअलाइन्सले जानकारी दिइको छ । 

उक्त सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ । यसमा विद्यमान आईसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लेटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् ।

भविष्यमा हिमालय एअरलाइन्स, हुवावेई  र अन्य तेश्रो पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरु समेत हुनेछन् । 

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावेई टेक्नोलोजी क्लाउड र एआई व्यवसायिक समूह (एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष  झोउ डान्जिनको भर्चुअल उपस्थितिमा  सम्झौता पत्रमा हस्ताक्षर भएको  हो ।

सम्झौतामा हिमालय एअरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावेई टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरेका छन् ।

नेपालका लागि  चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तरराष्ट्रिय उड्डयन, अन्तरराष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौताले सहयोग गर्ने बताए ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पुर्‍याएको बताए । 

यस्तै हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ्गले हुवावेईसँगको सहकार्यले कम्पनीको डीजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिइ नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने बताए ।

सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा हवाई उद्योगको विकासको लागि सहयोग पुग्ने बताए ।

हुवावेई टेक्नोलोजी क्लाउड र एआई व्यवसायिक समूह ( एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष झोउ डान्जिनले यो सम्झौताले हिमालय एअरलाइन्स्को डीजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्धि हुने बताए ।

उनले आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेईले आईसीटी प्रविधिहरु ( हुवावेई क्लाउड र एआई) मा सहकार्य गर्ने समेत बताए ।

हिमालय एअरलाइन्स नेपाल–चीनको संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित अन्तरराष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)