ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशमा थप २८ जनामा संक्रमण, संक्रमितको संख्या ९९४ पुग्यो

२०७७ असार, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १७, कास्की । गण्डकी प्रदेशमा बुधवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा स्याङ्जाका ८, तनहुँका १, बागलुङका ३, गोरखाका ३, कास्कीका १ र नवलपरासी पूर्वका १२ जना रहेका छन् ।  

नवलपरासी र कास्कीका सबै संक्रमितलाई आईसोलेशनमा राखिएको छ भने गोरखा शहिद लखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल भरतपुरमा राखिएको छ । अन्य जिल्लाका सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । 

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९९४ पुगेको छ । हालसम्म प्रदेशमा संक्रमण निको भएर घर फर्कनेको संख्या २१४ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)