ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेची नाका हुँदै ८५ दिनपछि बंगलादेशबाट कार्गाे

२०७७ असार, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बंगलादेशबाट ८५ दिनपछि मेची भन्सार हुँदै कार्गो नेपाल प्रवेश गरेको छ । कोरोना महामारीको कारण देखाउँदै पश्चिमबंगाल सरकारले गत चैत २६ गतेबाट मेचीपारि रहेको भारतीय भन्सार पानीटंकी बन्द गरेपछि बंगलादेशबाट हुने आयातनिर्यात ठप्प भएको थियो । पश्चिमबंगाल सरकारले मेची नाका हुँदै पानीटंकीबाट हुने आयात वैशाख २७ बाट खोले पनि निर्यात भने ७८ दिनपछि असार १० गतेबाट पूर्णरूपमा खोलिदिएको थियो ।

कोरोनाका कारण मेची नाकाबाट हुने आयातनिर्यात प्रभावित भएको ८५ दिनपछि बंगलादेशबाट ६ ओटा कार्गाे बुधवार मेची नाका हुँदै नेपाल छिरेका छन् ।

पानीटंकी नाका आंशिक खुला हुँदा असार ५ गते शुक्रवार बंगलादेशका लागि एक ट्रक अम्रिसोको कुचो बोकेको मालवाहक छुटेको थियो । त्यसपछि बंगलादेश निकासी शुरू भए पनि त्यहाँबाट भने सामान आएको थिएन ।

मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार पानीटंकी नाका आंशिक खुलेबाट नै एक दुई गाडी सामान बंगलादेशका लागि गए पनि उताबाट कार्गाे भने आएको थिएन । भारतको पश्चिमबंगाल सरकारले फूलबारी बन्दरगाहबाट हुने आयात रोकेपछि नेपाल आउने औषधि र जुस आउन पाएको थिएन । मंगलवारबाट फूलबारी नाका खुलेकाले नेपाल आउने कार्गाे आउन थालेको हो । तर, माल बोकेर मेची भन्सार छिरेका भारतीय ट्रकलाई पनि पानीटंकी नाकाबाट फर्कन दिइएको छैन । उनीहरूले अन्य नाका प्रयोग गरेर फर्किरहेका छन् ।

पश्चिमबंगालको पानीटंकी नाकाबाट ७८ दिनपछि असार १० गतेबाट नेपाली वस्तुले विनाअवरोध भारत निकासी पाएको हो । विनाअवरोध आयातनिर्यात भए पनि इन्धन भने पश्चिमबंगालबाट आउने सकेको छैन । मेची नाकाबाट ३० किलोमीटर पूर्वमा रहेको भारतीय आयलको रिफाइनरी सेन्टरबाट यसअघि नेपाली ट्यांकरबाट इन्धन ढुवानी हुँदै आएको थियो । मेची नाकाबाट भारत, बंगलादेश र भुटानसँग व्यापार हुँदै आएको छ ।

चालू आर्थिक वर्षको चैत २६ गतेसम्म ९ महीनाको अवधिमा मेची नाका हुँदै नेपालबाट बंगलादेशतर्फ रू. ८६ करोड २१ लाख बराबरको वस्तु निर्यात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)