ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ६३ पुग्यो

२०७७ असार, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १९, कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमित हुनेहरुमा नवलपरासीका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना रहेका छन् । 

संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । 

यो सँगै गण्डकी प्रदेशमामा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । हालसम्म प्रदेशमा कारोना संक्रमण निको हुनेको संख्या २९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

गण्डकी प्रदेशमा स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षिय एक पुरुष र आँधिखोला गाउँपालिकाका ५५ वर्षिय १ पुरुष सहित २ जनाको मृत्यु भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)