ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी सरकारले सरुवा रोग अस्पताल बनाउन ७० लाख दिने 

२०७७ असार, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १९, कास्की । गण्डकी प्रदेश सरकारले लेखनाथस्थित लायन्स सामुदायिक अस्पतालको भौतिक पूर्वाधारको विकासका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको शुक्रवारको मन्त्रीपरिषद् बैठकले निर्णय गर्दै लायन्स अस्पताललाई भौतिक पूर्वाधार र जनशक्ति थप गर्न आवश्यक बजेट दिने भएको  हो । 

विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा सरकारले सो अस्पताललाई आगामी दिनमा सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

सरकारले पोखरामै पहिलो सरुवा रोग अस्पताल बनाउने निर्णय अनुसार अस्पतालको भौतिक पूर्वाधार निर्माण, उपकरण जडान तथा जनशक्ति व्यवस्थापनका लागि यसअघि रू. १ करोड उपलब्ध गराइसकेको थियो । पहिले विनियोजित रकमले अपुग भएपछि थप रू. ७० लाख ३४ हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता रामशरण बस्नेतले बताए ।

यस्तै, बैठकले लोकसेवा आयोग र गण्डकी प्रशिक्षण प्रतिष्ठानमा कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानमा तत्कालका लागि ६ जना अस्थायी दरबन्दी कायम गरिएको छ भने लोकसेवा आयोगमा १६ जना कर्मचारी रहने व्यवस्था गरेको छ ।

सरकारले प्रदेश लोकसेवा आयोगका लागि रू. ८ करोड ९५ लाख विनियोजन गरेको छ । आवश्यक भौतिक संरचना निर्माण र कर्मचारी व्यवस्थाका लागि यो रकम छुट्याईएको हो ।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधिमा भएको व्यवस्था बदलेको छ । यसअघि एउटा निर्वाचन क्षेत्र भित्रको बजेट विशेष कारण बदल्नुपरे सोही गाउँपालिका भित्रको अर्को योजना छान्नु पर्ने नियम थियो । तर अब निर्वाचन क्षेत्रभित्रका जुनसुकै योजना पनि छान्न पाउने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)