ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट नहट्ने ओलीको अडान

२०७७ असार, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै सत्तारूढ दल नेकपाको बहुमत सचिवालय सदस्य तथा स्थायी कमिटी  सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्ने बताइरहेका बेला ओलीले ‘गम्भीर’ कदम चाल्ने आशंका गरिएको छ । प्रधानमन्त्री ओलीले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेट गरी साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई डाकेर परस्थिति जटिल बन्दै गएकोले आफ्नो ‘पोजिशन क्लियर’ गर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ । नियमित भेट भने पनि पार्टीभत्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री ओलीले दिनैपिच्छे राष्ट्रपतिलाई भेट्न जानुलाई दलभित्र र बाहिरबाट आशंकाको रूपमा हेरिएको छ ।

यसअघि दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका ओलीले दलभित्र र बाहिरबाटै आलोचना भएपछि फिर्ता लिएका थिए । अहिले एकाएक संसद्को बजेट अधिवेशन अन्त्य गरेर ओलीले दल विभाजनको अध्यादेश फेरि ल्याउन लागेको भन्ने आरोप र टिप्पणी राजनीतिक वृत्तमा व्याप्त छ । स्थायी कमिटी बैठक चलिरहँदा एकाएक निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि आवेदन दर्ता हुनु, आफ्नै दल र सभामुख राष्ट्रियसभाको अध्यक्ष र  प्रमुख प्रतिपक्ष दललाई कुनै जानकारी नदिई संसद् बैठक स्थगित गर्नुले प्रधानमन्त्री ओलीप्रति आफ्नै दल र बाहिरबाट समेत आशंकाले हरिएको हो ।

ओलीले आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्‍याउनु भएको छ । ओलीकै अडानले पार्टी फुट्ने त होइन ? भनेर स्थायी कमिटी बैठक नै स्थगित गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच छलफल भए पनि ओलीले आफ्नो अडान छोड्नुभएको छैन । शनिवार साँझ मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरूलाई बालुवाटार बोलाएर ओलीले आपूmले दुवै पद छोड्दा मुलुकमाथि अन्याय हुने भन्दै राजीनामा नदिने स्पष्ट पारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘पार्टीभित्रबाट विभिन्न कुराहरू आइरहेको सन्दर्भमा मन्त्री–राज्यमन्त्रीहरूसँग उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको हो,’ उनले भने । ओलीले मन्त्रीहरूलाई संकटको बेला सरकारले निरन्तर काममा लागिरहको समयमा आफ्नो राजीनामा मागिएको र यो मुलुकको हितमा नभएको बताउनुभएको थियो । ओलीकै अडानले शनिवार बस्ने भनिएको सत्तारूढ (नेकपा)को स्थायी समिति बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो । शुक्रवार अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति नभएपछि शनिवार पुनः छलफल गर्ने र बैठक बस्ने सहमति भएको थियो । तर समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । शनिवार बिहान अध्यक्षद्वय ओली र प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष दाहालसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि ओलीले त्यसलाई टार्न प्रयास गरेपछि नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)