ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : सुरुङमार्गको परीक्षण शुरू

भदौ अन्तिममा काठमाडौंमा पानी आउने सरकारी दाबी

२०७७ असार, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । तस्वीर : रासस
author avatar हिमा वि.क. author avatar सुन्दर शिरीष

काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा ल्याउन सुरुङमार्ग खन्न थाएिको ११ वर्षपछि सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ । अस्थायी संरचना बनाएर मेलम्चीको पानी डाइभर्ट गरी सुरुङमा पठाइएको आयोजनाले बताएको छ ।

कुल २६ किलोमीटर (किमी) को सुरुङका सबै जटिल कामहरू सम्पन्न भएपछि मेलम्ची खानेपानी आयोजनाले आइतवार नदीको पानी सुरुङमा पथान्तरण गरी यसको परीक्षण शुरू गरेको हो । यो परीक्षण गर्न झन्डै २ महीना लाग्ने र सफल भएमा भदौ अन्तिम सातासम्ममा मेलम्चीको पानी काठमाडौंको वितरण प्रणालीमा उपलब्ध हुने निश्चित भएको सरकारको दाबी छ । पानी परीक्षण गरेपछि त्यसमा रहेका त्रुटिहरू समाधान गरिने आयोजनाको भनाइ छ । हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी प्रवाह गर्न बनाइएको सुरुङमार्गमा पानी पथान्तरण भएसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

‘सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ,’ खत्रीले भने, ‘परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको छ ।’ पानी भरिन करीब २० दिन लाग्ने अनुमान गरिएको छ । सुरुङ पूरै भरिएपछि साता दिनजति यथावत् राखिनेछ । सुरुङमा कतै समस्या छ कि भनेर यसरी पानी राखेर हेर्न लागिएको हो । त्यसपछि फ्लस गरेर बिस्तारै पानी १५ देखि २० दिनमा पानी खाली गरिनेछ ।

स्थायी हेडर्क्स बनिनसकेकाले अस्थायी ड्याम बनाएर पानी डाइभर्ट गरिएको आयोजनाको भनाइ छ । आयोजनाका अनुसार स्थायी हेडवक्र्स बनाउन अझै ६/७ महीना लाग्छ ।

आयोजनाले परीक्षणका क्रममा केही प्राविधिक समस्या आएमा तत्काल समस्या समाधान गर्ने र सोही कारणले निर्धारित समयलाई प्रभावित नपार्ने दाबी उनको छ ।

उनले कुनै समस्या नदेखिए नियमित रूपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीका लागि उपलब्ध हुने जानकारी दिए । पानी पथान्तरण शुरू भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायत क्षेत्रका साथै वाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने भएकाले नदीकिनारमा जाँदा सतर्कता अपनाउन पनि आयोजनाले आग्रह गरेको छ ।

बन्दाबन्दीको समयमा समेत कम जनशक्तिबाट नियमित निर्माण कार्य जारी राख्दा यो उपलब्धि प्राप्त भएको खत्रीले बताए । बन्दाबन्दीका कारण अन्य राष्ट्रिय गौरवका आयोजनाहरूका काममा प्रभाव परे पनि आयोजनाले निर्माणलाई निरन्तरता दिँदै आएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आइतवार बिहान स्वीच थिचेर पानी सुरुङमा पठाएका थिए । आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा भएको झन्डै ४ दशक भए पनि सुरुङ खन्न थालिएको भने २०६६ देखि हो ।

तर, सरकारको ढिलासुस्ती र निर्माण कम्पनीले पनि काम सक्रियता नदेखाउँदा पानी ल्याउने मुख्य काम सुरुङ खन्नमै दशक बितेको हो । अहिले उक्त आयोजनाको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्दै आएको छ । सुरुङमार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौंदेखि रहेका आशंका र अन्योल हट्ने अवस्था देखिएको छ । सुरुङमार्ग बनाउने जिम्मा लिएको चाइना रेलवे प्रभावकारी रूपमा काम गर्न नसक्दा सरकारले उक्त कम्पनीसँग २०७० मा ठेक्का सम्झौता रद्द गरेको थियो । त्यसपछि सरकारले इटालियन कम्पनी सीएमसीलाई सुरुङको ठेक्का दिएको थियो । सीएमसीले सुरुङमार्ग ब्रेक थु्र गरे पनि विभिन्न कारण देखाई २०७५ पुसमा निर्माणस्थल छाडेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)