ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवसायीले बैंकलाइ पहिलो चरणमा ११० ओटा गाडीको चाबी बुझाए

२०७७ असार, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार २२, कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले ११० ओटा गाडीका चाबी बैंकलाई बुझाएको छ । कोरोना भाइरसको संक्रमण (कोभिड–१९) करीब साढे तीन महीनादेखि गाडी ग्यारेजमा थन्काएको अवस्थामा बैंकले किस्ताको लागि ताकेता गरेको भन्दै प्रालिले बैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी बुझाएका हुन् । 

सरकारले गरेको लकडाउनका कारण गाडी चलाउन नपाउँदा आम्दानी नभएकाले किस्ता बुझाउन असमर्थ रहेको व्यवसायीको भनाइ छ । असहज अवस्थामा ऋणको किस्ता ६ महीना पर सार्न माग गर्दा बैंक तथा वित्तिय संस्थाहरुले वेवास्ता गरेपछि गाडीको चाबी बुझाउने अभियान थालेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार प्रालिले सोमवार एनएमबि बैंकमा ३० ओटा, गरिमा विकास बैंकमा २५ ओटा, प्राइम बैंकमा ३० ओटा र मुक्तिनाथ विकास बैंकमा २५ ओटा सहित कुल ११० ओटा चाबी बुझाएको हो । 

यातायात व्यवसायीहरुले सरकार र राष्ट्र बैंकलाई दबाब दिनका लागि सांकेतिक रुपमा चाबी बुझाएको खुलाएपछि बैंकले चाबी बुझेका थिए ।

कम्पनीका अध्यक्ष केसीले ऋणको किस्ता तिर्ने म्याद थप्ने सरकारलाई पटक÷पटक आग्रह गरेपनि बेवास्ता गरेकाले बाध्य भएर तालाचाबी बुझाएको बताए । व्यवसायीले किस्ता र ब्याज तिर्दैनौं भनेका छैनन्, ऋणको किस्ता तिर्ने समय ६ महीना पर सारिदिन मात्र आग्रह गरेका हुन्’ उनले भने । व्यवसायीको आग्रहलाई सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्था कसैले वास्ता गरेनन् । त्यसैले बाध्य भएर चाबी बुझाउन आएका हौं ।’ 

उनले पहिलो पटक थोरै गाडीको चाबी बुझाएर सरकारको ध्यानाकर्षण गरेको बताउँदै तत्कालै सुनाइ नभए सबै गाडीको चाबी बुझाउने उनले बताए । चाबी लिनुअघी बैंकका प्रमुखहरुले व्यवसायीको समस्याबारे आफूहरु जानकार रहेको बताएका थिए । उनीहरुले राष्ट्र बैंक यस समस्याको समाधान गर्ने गरी अगाडी बढ्नुको विकल्प नभएको बताए । 

कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्र बैंकले व्यवासयीको समस्यालाई गम्भिरतापुर्वक नलिएका कारण गाडीको चाबी बुझाउन अभियान शुरु गरेको बताए । कम्पनीले क्रमश १ हजार १७० ओटै गाडीको चाबी बुझाउने बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)