ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका होटल व्यवसायीको बैंक तथा वित्तीय संस्थालाई ताकेता नगर्न आग्रह

२०७७ असार, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार २३, कास्की । पश्चिमाञ्चल होटल संघ पोखराले लकडाउनका कारण लामो समयदेखि व्यवसाय ठप्प भएकाले कर्जाको साँवा र ब्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको छ । 

बैंक तथा वित्तीय क्षेत्रबाट असार मसान्तको कारण देखाउँदै भुक्तानको निम्ति ताकेता गरेपछि संघले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता गरी मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने बताउँदै त्यस असहज परिस्थितिको भागिदार बैंक तथा वित्तीय क्षेत्र स्वयं हुनपर्ने उल्लेख गरिएको छ ।
 
‘बैंकको कर्जाको साँवा तथा व्याज भुक्तान गर्न असमर्थ रहेको हुँदा बैंक र व्यवसायीबीचको सम्बन्धलाई अक्षण राख्दै यस विषम परिस्थितिमा कुनै पनि होटल तथा पर्यटन व्यवसायीलाई कर्जाको साँवा तथा ब्याज भुक्तानीको निम्ति ताकेता वा जोडबल नगरिदिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई संघले अनुरोध गरिएको छ ।’

संघले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्र बैंकले ढिलाइ गरेको प्रति पनि आपत्ति प्रकट गरेको छ । वर्तमान विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार महीनाभित्र नै जारी गर्नुपर्नेमा साउनमा जारी गर्न गरेको तयारीप्रति संघले असन्तुष्टि व्यक्त गरेको हो । 

लकडाउनको कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे ३ महीनादेखि लकडाउन भई व्यावसायिक कारोबार शून्य रहेको र यसबाट पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष प्रभावित भएको संघले जानकारी दिएको छ ।

पर्यटन व्यवसायमध्येको होटल उद्योगमा खर्बौ रुपैयाँ लगानी, होटल क्षेत्रमा आश्रित हजारौं श्रमिक र श्रमिकसँग निर्भर परिवार साथै पर्यटन तथा होटल उद्योगबाट निर्भर अन्य उद्योग व्यवसायको भविष्य अनिश्चित बन्दै गएकोप्रति पनि संघले चिन्ता जाहेर गरेको छ । जसका कारण कुल ग्राहस्थ उत्पादनमा समेत कमी आई आर्थिक संकट उत्पन्न हुने निश्चित भएको दाबी गरिएको छ ।

संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संस्थाबाट समेत विश्वका सम्पूर्ण राष्ट्रलाई पर्यटन तथा होटल व्यवसाय सबैभन्दा पहिले प्रभावित हुने र पुरानो लयमा आउन केही वर्ष लाग्ने उद्योग भएको स्मरण गराइएको छ ।

सम्पूर्ण राष्ट्रलाई पुर्नउत्थानको लागि विशेष प्याकेज ल्याउन समेत विश्व संस्थाले आग्रह गरेको छ । बजेटमा उद्योग व्यवसायको पुर्नजागरण र पुर्नउत्थान गर्न विशेष आर्थिक राहत तथा उत्प्रेरणाको प्याकेज अपेक्षा गरे अनुसार आउन नसकेता पनि त्यस अनुरुप सरकारले १ खर्बका पुनर्कर्जा कोषको स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेको संघले विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)