ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुक्रवारबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौंका तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने 

२०७७ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार २५, काठमाडौं । सरकारले शुक्रवारबाट छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर गाडि क्षमताको ५० प्रतिशत सिटमा मात्र सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय बिहीवार सरकारका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भएपनि तत्काल अन्तर जिल्ला लामो दूरीका सवारी साधन भने सञ्चालन हुने छैन । ‘काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्ने पाउने छन् । अन्तरजिल्ला र लामो दूरीका सवारीसाधनलाई भने तत्काल चल्न पदइने छैन,’ उनले भने

यसरी छोटो दूरीका यातायातका साधनले यात्रु क्षमताको ५० प्रतिशतसम्म मात्र यात्रु चढाउन पाउने र यो लकडाउनको अवधिमा गाडी चलाउँदा प्रचलित भाडादरमा ५० प्रतिशतसम्म अतिरिक्त भाडा लिन सक्ने व्यवस्था गरेको उनले बताए । 

यस्तै टयाक्सीमा चालक बाहेक दुई जनासम्म राखे चलाउन पाइने भएको छ । मोटरसाइकलामा ५ वर्षको बच्चा सहित तीन जना हिड्न पाउनेछन् । यस अघि मोटरसाइकलमा एकजनामात्र चढ्न पाउने गरी नियम बनाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)