ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढको औषधी गोदाममा आगलागी : डेढ करोडको क्षति

२०७७ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २५, चितवन । नारायणगढको एक औषधी गोदाममा बिहीवार साँझ आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३, शहिदचोकस्थित एउटा घरमा रहेको मेडीमिक्स कम्पनीको गोदाममा ६ बजेतिर आगलागी भएको थियो । सञ्चालकद्वय राजेश उप्रेती, रामहरी लम्सालको सो गोदाममा विद्युतीय चुहावट भएको प्रहरीले बताएको छ । 

आगो लाग्ने जानकारी पाउन साथ भरतपुर महानगरपालिकाको २ ओटा र खैरहनी नगरपालिकाको एक दमकलसहित सशस्त्र र नेपाली प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)