ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैनिक खपत १ हजार ३०० मेगावाटसम्म

२०७७ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बन्दाबन्दी खुकुलो भएर उद्योग, कलकारखाना तथा व्यावसायिक कार्यालयहरू सञ्चालनमा आउन थालेपछि विद्युत् खपतमा पनि सुधार भएको छ । बन्दाबन्दीमा कडाइ भएको बेला उद्योग, कलकारखाना, होटेल लगायत क्षेत्रहरू बन्द भएपछि विद्युत् खपत निकै घटेको थियो । तर, सरकारले १ गतेदेखि केही क्षेत्र खुुकलो बनाएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, उद्योग कलकारखाना सञ्चालनमा आएपछि विद्युत् खपत बढेको हो ।

गर्मी बढेसँगै एयर कण्डिशन (एसी), पंखा जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको र काठमाडौं सिँचाइमा पनि विद्युत्को प्रयोग हुन थालेपछि यसको खपत बढेको हो । पछिल्लो समय घरायसी ग्राहकसँगै औद्योगिक लगायत ग्राहकबाट विद्युत्को माग बढ्दै गएको छ । लकडाउनको समयमा दैनिक औसत १ करोड ४० लाख युनिट विद्युत् खपत हुने गरेको थियो । तर, अहिले त्यो बढेर २ करोड ७० लाख युनिटभन्दा माथि पुगेको छ । सामान्य अवस्थामा यही सिजनमा पनि सोही मात्रामा विद्युत् खपत हुने गर्दथ्यो । हालको विद्युत् खपत सन्तोषजनक रहेको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लगाएको थियो । तर, सरकारले असारको १ गतेदेखि लकडाउन खुकुलो बनाएपछि विभिन्न क्षेत्रहरू चलायमान हुँदै गएका छन् । फलस्वरूप विद्युत् खपत बढेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले बताए । ‘अहिले गर्मी बढेपछि एसी, पंखा जस्ता विद्युतीय उपकरणको प्रयोग पनि बढ्दै गएको छ । साथै, सिँचाइमा पनि विद्युतीय उपकरण प्रयोेग हुन थालेका छन्,’ उनले भने, ‘उद्योग र होटेलहरू पूर्ण रूपमा सञ्चालन भए विद्युत् खपत थप बढ्छ ।’

नेपालमा अधिक विद्युत् खपत गर्ने क्षेत्र नै उद्योग, कालकारखाना, होटल, व्यापारिक भवन, कार्यालय हुन् । तर, लकडाउन कारण तिनीहरू बन्द हुँदा विद्युत् खपतमा ह्रास आएको थियो । त्यतिबेला घरायसी प्रयोजनका लागि मात्र विद्युत् खपत हुने गरेको थियो ।

अहिले दैनिक करीब १ हजार ३०० मेगावाटसम्म विद्युत् खपत हुने गरेको छ । पूर्ण लकडाउनमा विद्युत्को औसत माग ५०० मेगावाट थियो भने भने पिकआवरमा ९०० मेगावाटसम्म खपत हुने गरेको थियो । तर, अहिले पिकआवरमा १३०० मेगावाट भन्दा बढी विद्युत् माग हुने गरेको भारप्रेषण केन्द्रका प्रमुख भट्टराई बताउँछन् ।

काठमाडौं उपत्यकामा भने ३०० मेगावाटको हाराहारीमा विद्युत् माग हने गरेको छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ३५० मेगावाट विद्युत् माग हुने गर्छ । कोरोनाको त्रासले काठमाडौंका अस्थायी बासिन्दा गृह जिल्ला गएपछि यहाँ पनि विद्युत् खपत घटेको थियो । काठमाडौं फर्किनेहरूको संख्या बढ्दै जाँदा विद्युत्् खपत पनि बढ्दै गएको छ ।
विद्युत् खपत मौसमको आधारमा हुने बताइएको छ । केन्द्रका अनुसार गर्मी बढ्यो भने विद्युत् खपत बढ्ने सम्भावना हुन्छ । झरी भइरह्यो भने खपतमा केही ह्रास आउन सक्ने केन्द्रको भनाइ छ ।

अहिले नेपालमा विद्युत् आपूर्ति सहज गर्न भारतबाट १०० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिँदै आएको छ । स्वदेशी उत्पादन पनि बढी भएकाले भारतबाट आयात हुने विद्युत््को परिमाण घटेको छ । लकडाउनमा विद्युत् खपत घटेसँगै प्राधिकरणको विद्युत् महशुलबाट हुने आम्दानी पनि प्रभावित भएको थियो । विद्युत् खपत बढेसँगै प्राधिकरणको आम्दानीमा पनि सुधार आउने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Amir thapa magar

[Jul 12, 2020 10:51pm]

Samastha nepal biduth paradikarnlai team lai badai dina chahan6u bises gari kulman Lai sir hat’s up vanna chahan6u!yasari nai kam gardai janu hola deshko lagi hami janta sadai tapai ko sath ma hunay6ou!aabo pani nepali jantalay loadsetting ma basna na Paros,tapaiko kaamlai sadai nepali jantalay sarahaniya garnay 6an!itihasma aaounay pidilay tapailai chinnay mouka paounay6an!🇳🇵🇳🇵🇳🇵❤️Jai nepal,jai desh!



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)