ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षापछि करीब ५०० मेगावाट विद्युत् उत्पादन अवरुद्ध 

नेपालकै ठूलो कालीगण्डकी ए विद्युतगृह बन्द

२०७७ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

असार २६, काठमाडौं । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करीब ५०० मेगावाट (मेवा) विद्युत् उत्पादन बन्दभएको छ ।
 

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश :  करीब २४० र २५० मेवा विद्युत् उत्पादन बन्द भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाकाकारण मुलुकभरको विद्युत् उत्पादन, प्रशारण र वितरण प्रणाली प्रभावित भएको बताए । बाढीकाकारण प्राधिकरणका विद्युत् गृहबाट करीब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

‘विद्युत् उत्पादन, प्रशारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा अवरोध भएको छ, करीब ५०० मेवा  उत्पादन कटौती हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’, उनले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’

बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली खटिएको उनको भनाइ छ । 

बाढीकाकारण नेपालकै सबैभन्दा ठूलो १४४ मेवाको कालीगण्डकी ए विद्युतगृह शुक्रवार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युतगृह कतिवेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले बताए । 

प्राधिकरणको ७० मेवाको मध्यमस्र्याङदी, १६ मेवाको त्रिशूली, १४ मेवाको  देवीघाट विद्युतगृह बन्दछन् । निजी क्षेत्रको ४५ मेवाको माथिल्लो भोटेकोशी लगायतका विद्युतगृहको करीब २४० मेवा विद्युत् उत्पादन भएको छ ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रशारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करीब १५० मेवा विद्युत् उत्पादन बन्द भएको छ । 

लगातारको वर्षाका कारण प्रशारण तथा वितरण लाइनको तार चुंडिएको, रुखहरु ढलेका कारण लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)