ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा बाढी पहिरोमा परेर ३० जना बेपत्ता : ३ को मृत्यु, ३५ घर विस्थापित

२०७७ असार, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

असार २६, म्याग्दी । म्याग्दीमा बिहीवार राती परेको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना वेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । 

यसै गरी धौलागिरि गाउँपालिका ७ ताकमा पहिरोमा परी २ जनाको मृत्यु भएको उनले बताए । यता रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ ।

पहिरोमा परी मराङमा २० घर, ताकममा ५ घर विममा १० घर पूर्ण रुपमा क्षति पुगेको प्रशासनले जानकारी दिएको छ । राहत र उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी सहितको टोली हिडेको उनले जानकारी दिए । भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाई भएको छ । पहिरोमा परी घाइते भएकाहरुलाई उद्धार गर्न हेलीकप्टरको साहयता माग गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

सहायक प्रजिअ सुवेदीका अनुसार मराङमा रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन ओटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । परदेवीपुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । 

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।

बिम तल्लो गाउँका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँचजना वेपत्ता भएका छन् । भारवाङ स्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार ओटा गोठ पुरिएको र ६ ओटा घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

ठाडाखानीको लापु खोलाले बगाएर एकको मृत्यु
त्यसैगरी रघुगंगा गाउँपालिका ६ ठाडाखानीमा गोठमा जाँदै गरेका एक पुरुषलाई खोलाले बगाएर मृत्यु भएको छ । ठाडाखानी गाउँबाट गोठतर्फ जाँदै गरेका ५० वर्षिय ललिमान छन्त्याललाई शुक्रवार बिहान खोलाले बगाएर मृत्य भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले जानकारी दिए । छन्त्यालको शब भेटिएको छ ।

ठाडो खोलामा तर्ने क्रममा उनी चिप्लिएर बेपत्ता भएको स्थानीयको भनाइ छ । वेपत्ता छन्त्यालको शव भेटिएपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी अन्तेष्टि गरिने अध्यक्ष भण्डारीले बताए ।

कुइनेमा दुई घर विस्थापित
यसैगरी रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमा पनि पहिरोका कारण दुई घर विस्थापित भएका छन् । स्थानीय अमर छन्त्यालका अनुसार मनबहादुर छन्त्याल र नरेश छन्त्यालको घर पुरिएको छ भने कर्मन छन्त्याल, पदम छन्त्याल, मिम छन्त्याल, यमया छन्त्याल र भविलालविकको  खेत र खेलकुद मैदानमा क्षति पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)