ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षासम्वन्धि प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने सरकारको तयारी 

अमूक बिचौलियाको हितमा काम नर्गन पर्यटन मन्त्रीको निर्देशन

२०७७ असार, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार २८, काठमाडौं । सरकारले सुरक्षासम्वन्धि प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुक विस्तारै विश्वव्यापी महामारीको रुप लिईरहेको कोभिड–१०को त्रासबाट माथि उठ्दै गरेको र सार्वजानिक सवारी साधनहरु पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने गरी तयारी शुरु गर्न पशुपति विकास कोषलाई निर्देशन दिएका छन् । 

आइतवार कोषको समिक्षा बैठकमा मन्त्री भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पनि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिए । यस्ता प्रकृतिका सार्वाजानिक संस्थाहरुको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै उनले नीजि स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दखल दिने कार्य नियन्त्रण गर्न निर्देशन दिए । 

वृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाइमार्फत अगाडी बढाउन बैठकमा मन्त्री भट्टराईले निर्देशन दिएका थिए । 

‘यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन । जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला ।’

गत पुस २६ मा मन्त्री भट्टराईले ८ घण्टा पशुपति क्षेत्रकोे स्थलगत भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा तत्कालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए । त्यसको कार्यन्वयनको अवस्थाबारे बुझ्न ६ महीनापछि आइतवार मन्त्री भट्टराईले कोषको कार्यलयमै समीक्षा बैठक राखेका थिए । 

कोषको गोठाटारको जग्गा अतिक्रमण आफ्नोे ध्यानाकर्षण भएको उल्लेख गर्दैै मन्त्री भट्टराईले छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्न निर्देशन दिए ।

पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर राष्ट्रले प्राथामिकताको सूचीमा राखेको स्मरण गराउँदै उनले यस्ता धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुका विषयमा संवेदनशील हुनुपर्ने बताए । ‘यहाँ गरिने लगानीले यसलाई पर्यटकीय गन्तव्यकारुपमा थप परिष्कृत त बनाउँछ नै त्यसका अतिरिक्त लगानी गरिसकेपछि राज्यले आम्दानीको समेत अपेक्षा राखेको हुन्छ । यस्ता स्थलहरुको लगानीका सम्बन्धमा लगानीकर्ताको सार्वजानिक छवीलाई पनि ख्याल गरौं ।’ 

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको हुनाले यो क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाईसमेत आधार बनाएर गर्नुपर्ने बताए । बैठकमा कोषका सदस्य सचिव डा. प्रदीप ढकालले लकडाउनका समयमा पनि कोषले गरेका काम र थप योजनाका सम्वन्धमा जानकारी दिएका थिए ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले कोषले लकडाउनको समयमा बेद विद्याश्रम, मृग उद्यान, भण्डारखाल पार्क, बहुउद्येश्यीय सभाहल लगायतको निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)