ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२७ हजार जनामा पीसीआर परीक्षण गर्दा ४ हजारलाई कोरोना पुष्टि

२०७७ असार, २९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका २७ हजार व्यक्तिको पीसीआर परीक्षण गर्दा करीब ४ हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ । साढे तीन महीनाको अवधिमा सेती प्रादेशिक अस्पताल धनगढी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट गरिएको परीक्षणबाट २६ हजार ९९१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ३ हजार ९६५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोनाकै कारण अहिलेसम्म सुदूरपश्चिममा ८ जनाले ज्यान गुमाएका छन् । ९११ जनाको पीसीआर नतिजा आउन अझै बाँकी रहेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । अहिलेसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएका ६३१ तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका २७७ ओटा नमूना परीक्षण रिपोर्टको पर्खाइमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले बताएको छ । स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरी २६ हजार ९९१ जनाको परीक्षण भएको जानकारी दिएको छ ।

लकडाउनकै समयमा भारतका विभिन्न राज्यहरूबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश भित्रिएकाले कोरोना संक्रमितको संख्या बढ्न गएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । लकडाउन अवधि र लकडाउन अघिपछि गरी कैलालीको गौरीफन्टा, कन्चनपुरको गड्डाचौकी, बैतडी र दार्चुला सीमानाका हँुदै झण्डै डेढ लाख व्यक्ति सुदूरपश्चिम भित्रिएका थिए ।

यसै विषयलाई मध्यनजर गर्दै सरकारले यो प्रदेशलाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको थियो । अहिलेसम्म १ हजार ३०० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । प्रदेशभर १ लाख १७ हजार ७३८ जनाको आरडीटी परीक्षण गरिएको निर्देशक अवस्थीले बताए ।

लामो समय क्वारेन्टिनमा बस्दा पनि परीक्षणमा हुने ढिलाई र संकलित नमूनाको नतिजा पनि ३ सातासम्ममा पनि नआउँदा संक्रमण समुदायसम्मै फैलिइसकेको हुन सक्ने कतिपय अधिकारीहरूको भनाइ छ । अहिले पनि दुईदेखि तीन साताअघि लिएका सयौं नमूनाको नतिजा आउन बाँकी छ । अहिले प्रदेशका विभिन्न आइसोलेसनमा गरी ८१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)