ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रको आम्दानीमा ३ प्रतिशतले वृद्धि

सन् २०१९ मा पर्यटन क्षेत्रबाट ८७ अर्ब आम्दानी

२०७७ असार, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपालको विदेशी मुद्रा आर्जनको मुख्य आधारमध्येको एक पर्यटन आम्दानी सन् २०१९ मा मात्र ३ प्रतिशतले बढेको छ । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटन तथ्यांक २०२० अनुसार नेपालको सन् २०१९ मा पर्यटन क्षेत्रबाट आम्दानी ८७ अर्ब ३७ करोड रुपैयाँ रह्यो । यस्तो आम्दानी सन् २०१८ मा ८४ अर्ब ८२ करोड रुपैयाँ थियो ।

सन् २०१८ को तुलनामा २०१९ मा पर्यटक आगमन झीनो संख्यामा वृद्धि हुँदा पर्यटन आम्दानी पनि त्यही मात्रामा बढेको पाइएको छ । सन् २०१९ मा नेपाल आउने विदेशी पर्यटकको संख्या २ दशमलव २ प्रतिशतले मात्रै बढेको थियो ।

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ट्रेकिङ र माउन्टेनियरिङका लागि आउने पर्यटक संख्यामा पनि आशातीत वृद्धि हुनसकेको देखिँदैन जबकी नेपाललाई यी दुवै क्षेत्रका लागि राम्रो पर्यटकीय गन्तव्य मान्ने गरिन्छ । ट्रेकिङ र माउन्टेनियरिङका लागि नेपाल आउने पर्यटकको संख्या सन्् २०१९ मा मात्र १ दशमलव ६३ प्रतिशतले बढेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ अवधि पनि सन् २०१९ मा खासै बढेको छैन । सन् २०१९ मा नेपाल आउने पर्यटकको औसत बसाइ १२ दशमलव ७ दिन रहेको छ, जुन २०१८ मा १२ दशमलव ४ दिन थियो ।

तर, पर्यटकको औसत खर्च भने ९ दशमलव १ प्रतिशतले बढेको छ । नेपालमा रहँदा विदेशी पर्यटकले सन् २०१९ मा औसत दैनिक ४८ अमेरिकी डलर रह्यो । यसअघि विदेशी पर्यटकको औसत दैनिक ४४ अमेरिकी डलर थियो ।

नेपाल भ्रमणमा आउने अधिकांश मूलतः पाँच मुलुक, भारत, चीन, अमेरिका, बेलायत र श्रीलंकाका पर्यटक रहेका छन् । कुल पर्यटक संख्याको ५३ प्रतिशत यिनै पाँच मुलुकका हुन् ।

त्यस्तै, नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी बिदा तथा मनोरञ्जन गर्ने प्रयोजनका लागि आउने गरेका छन् ।

सन् २०१९ मा बिदा तथा मनोरञ्जन गर्ने प्रयोजनका लागि ७ लाख ७८ हजार पर्यटक नेपाल आएका थिए ।

मन्त्रालयको तथ्यांकअनुसार सन् २०२९ मा सबैभन्दा बढी पर्यटक भित्र्याउने विमान कम्पनीमा नेपाल वायुसेवा निगम नै रहेको छ । निगम सन् २०१८ मा पनि पहिलो स्थानमै थियो । निगमपछि बढी पर्यटक भित्र्याउने विमान कम्पनीहरूमा दोस्रोमा कतार एअर, तेस्रोमा फ्लाई दुबई ,चौथोमा एअर इन्डिया र पाँचौंमा एअर अरेबिया रहेका छन् ।

सन् २०१९ मा ८३ प्रतिशत पर्यटक हवाई मार्गबाट र १७ प्रतिशत पर्यटक स्थल मार्गबाट आएको मन्त्रालयको तथ्यांकले देखाउँछ । हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना र स्थल मार्गबाट २ लाख १ हजार ३०७ जना पर्यटक नेपाल आए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुपर्‍यो । कोरोना महामारीकै कारण मुलुकको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन अब आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको धारणा छ । त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले २०२० मा कोरोनाका कारण पर्यटनबाट अपेक्षित लाभ लिन नसकिरहेको सन्दर्भमा अब आन्तरिक पर्यटनबाटै मुलुकको पर्यटनलाई पुनर्जीवित गर्दै अगाडि जानुपर्ने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Jul 13, 2020 06:08am]

आजको दिनमा यो शिर्षकको औचित्य र उपायोगीता के होला ? सरकार पश्चगामी भयो भन्दैमा आफैंलाई व्यवसायिक आर्थिक मिडिया भन्न रुचाउने संस्थाले यो एक वर्ष पहिले प्रेषित टेलिग्राम आज पुर्‍याएर समाजको कुन क्षेत्रलाई सहयोग पुग्यो होला ? भेन्टीलेटरमा बेहोस् बिरामीको अवस्था बुझ्न सोद्धा मुसुक्क हाँस्दै परिचारिकाको उत्तर आउँछ: 'भोलि ब्रह्मनालमा राख्दाको भन्दा त अहिले अवस्था धेरै राम्रो छ' ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)