ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमका पाँच स्थानीय तहमा साढे १८ हजार उद्योग व्यवसाय सञ्चालनमा

२०७७ असार, ३०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये कैलालीका चार र कञ्चनपुरको एउटा स्थानीय तहमा गरी साढे १८ हजार उद्योग व्यवसाय सञ्चालनमा रहेको पाइएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । मन्त्रालयले प्रदेशमा उद्योग व्यवसाय धेरै भएका पाँच तथा थोरै भएका प्रमुख पाँच स्थानीय तहको विवरण संकलन गरेको थियो ।

मन्त्रालयको तथ्यांक अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाभित्र सबैभन्दा बढी ६ हजार ८९ उद्योग व्यवसाय सञ्चालनमा छन् । यसैगरी भीमदत्त नगरपालिकाभित्र ४ हजार ६१०, टीकापुर नगरपालिकाभित्र ३ हजार १०२, गोदावरी नगरपालिकाभित्र २ हजार ६८१ र लम्कीचुहा नगरपालिकाभित्र २ हजार ६२ साना ठूला उद्योग व्यवसाय गरी कुल १८ हजार ५४४ ओटा सञ्चालनमा छन् । यी उद्योग व्यवसायमा महिला र पुरुष गरी ६१ हजार २३७ जना संलग्न रहेको पाइएको छ ।

त्यसैगरी सबैभन्दा थोरै उद्योग व्यवसाय भएका प्रमुख पाँच स्थानीय तह बझाङको साइपाल गाउँपालिकाभित्र ४७, दार्चुलाको अपि हिमाल गाउँपालिकाभित्र १४१, बैतडी शिवनाथ गाउँपालिका भत्र १५३, बाजुरा स्वामीकात्र्तिक खापर गाउँपालिकाभित्र १८० र दार्चुलाकै दुहुन गाउँपालिकाभित्र १९४ गरी कुल ७१५ उद्योग व्यवसाय मात्र सञ्चालनमा रहेको देखिन्छ । यी उद्योग व्यवसायमा महिला र पुरुष गरी २ हजार जना संलग्न रहेको मन्त्रालयले संकलन गरेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति पनि कैलाली–कञ्चनपुरमै बढी देखिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । क श्रेणीका (वाणिज्य) बैंकको शाखा संख्या धनगढी उपमहानगरपालिकाभित्र ५८, भीमदत्त नगरपालिकाभित्र २७, गोदावरी नगरपालिकाभित्र १७, टीकापुर नगरपालिकाभित्र १६ र लम्कीचुहा नगरपालिकाभित्र १४ ओटा रहेका छन् । त्यस्तै ख श्रेणीका (विकास) बैंकका शाखा भीमदत्त नगरपालिकाभित्र १३, धनगढी उपमहानगरपालिका भित्र १२, लम्कीचुहा नगरपालिकाभित्र ७, गोदावरी नगरपालिकाभित्र ६ र टीकापुर नगरपालिकाभित्र ४ ओटा सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको संख्या प्रदेशभित्र ७०५ पुगेको नेपाल राष्ट्र बैंक धनगढीले बताएको छ । बैंकहरूको कुल निक्षेपमा यो प्रदेशको हिस्सा २ दशमलव शून्य ८ प्रतिशत रहेको मन्त्री बोहराले बताए । ‘कुल निक्षेप करीब ७४ अर्ब देखिन्छ भने कर्जा लगानी ८४ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ,’ उनले भने । प्रदेशभित्र बचतकर्ताको संख्या १७ लाख १३ हजार, ऋणीको संख्या ६९ हजार ७३४ र मुद्दती खाता संख्या १५ हजार ५२५ पुगेको मन्त्रालयले संकलन गरेको विवरणमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)