ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका पहिरोपीडितले अझै पाएनन् राहत

२०७७ असार, ३१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पहिरो गएको ५ दिन बितिसक्दा पनि म्याग्दीका पहिरोपीडितले अझै राहत पाउन सकेका छैनन् । २८ जनाको ज्यान जाने गरी भएको घटनामा ७०० जना भन्दा बढी विस्थापित भएका छन् । तर, सरकारले पाँचौं दिनसम्म पनि पीडितका लागि कुनै पनि राहत सामग्री पठाउन सकेको छैन ।

मौसम प्रतिकुलताका कारण देखाउँदै सरकारले म्याग्दी पहिरोका पीडितलाई प्रभावकारी उद्धार समेत गर्न सकेको छैन । तर, स्थानीय युवा व्यवसायी र ओमकुमारी शान्ति कोषको पहलमा हेलिकोप्टर पहिरो प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिनाका साथै गर्भवती महिला र विपद्मा परेका वृद्धवृद्धाको भने उद्धार गरेका छन् ।

पाँचौं दिनसम्म पनि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरबाहेक सरकारका प्रतिनिधिहरू पहिरो प्रभावित क्षेत्रमा पुगेका छैनन् । घटनाको दोस्रो दिन उद्धार टोलीसँगै पठाइएको न्यून परिमाणको राहत सामग्री सकिएको पीडितहरूले बताएका छन् ।

गत शुक्रवार राती पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६ स्थित मराङ, वडा नं ७ को ताकम र मालिका गाउँपालिका–७ बिममा भीषण पहिरो जाँदा बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ४ जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

गाउँको शिरानबाट आएको पहिरोका कारण दुबै गाउँपालिकाका गरी १५० भन्दा बढी परिवारका करीब ८०० जनालाई सुरक्षित स्थान मानिएका नजिकका विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

पहिरोका कारण आफन्त गुमाएर र घरवारविहीन भएका पीडितहरू कष्टपूर्ण रूपमा दिनरात काटिरहेका छन् । घरवारविहीन भएका र उच्च जोखिममा रहेका व्यक्तिहरूलाई मराङको राम्चे सामुदायिक भवन, बिमको जनविकास आधारभूत विद्यालय र ताकमको हेम माविमा राखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)