ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राथमिक बजारमा ६ अर्बको आईपीओ भित्रिँदै

३ स्वीकृति पाएका कम्पनी, १८ कम्पनी पर्खाइमा

२०७७ असार, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र प्राथमिक बजारमा २१ कम्पनीको रू. ५ अर्ब ९३ करोड बराबरको आईपीओ विक्रीमा आउने भएको छ । यीमध्ये तीन कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । गत फागुनमै बोर्डको स्वीकृति पाएका एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिडेट र युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ बन्दाबन्दीका कारण प्रभावित बनेको छ । युनाइटेडले गत चैत १० गतेदेखि रू. १० करोड ५० लाख बराबरको आईपीओ विक्री गर्ते तयारी गरेको थियो । त्यस अवधिमा प्रभावित बनेको आईपीओ पुनः विक्री आह्वान गर्न बोर्डबाट केही थप विवरणहरू स्वीकृति लिनुपर्ने भएकाले त्यसकै प्रक्रियामा रहेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकी उपप्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले जानकारी दिइन् ।

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ विक्रीका लागि भने बोर्डबाट थपिएका विवरणहरू स्वीकृत गराइसकेकाले आगामी आर्थिक वर्षको पहिलो आईपीओ हुने जानकारी विक्री प्रबन्धक सानिमा क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङ प्रमुख मन्दीप लुइँटेलले जानकारी दिए । सानिमा क्यापिटलले यसअघि एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट भएको पाँच कार्यदिनभित्र सूचीकृत गराउन सफल भएको थियो ।

कुल रकममध्य ५ अर्बभन्दा बढीको आईपीओ भने स्वीकृतिको पर्खाइमा रहेका छन् । आईपीओका लागि आवेदन दिने मध्य आधाजसो कम्पनीहरू जलविद्युत् कम्पनी रहेका छन् । बोर्डको वेबसाइटका अनुसार ८ कम्पनीहरू स्वीकृतिको अन्तिम चरणमा रहेको छन् । पछिल्लो समय असार २६ गते आवेदन दिएको चन्द्रागिरि हिल्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ स्वीकृतिको अन्तिम चरणमा रहेको छ । चन्द्रागिरि हिल्सले रू. १८ करोड ४० लाख ९१ हजार बराबरको आईपीओ विक्रीका लागि जेठ २५ गते निवेदन दिएको थियो ।

त्यस्तै रिलायन्स लाइफले रू. ६३ करोड बराबरको आईपीओ विक्री गर्न भन्दै असार ९ गते बोर्डमा निवेदन दिएको थियो ।

असार २९ गते डिस मिडिया नेटवर्क लिमिटेडद्वारा सञ्चालित डिसहोमले आईपीओ विक्री गर्ने बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

नेपालको प्राथमिक बजार अहिले पूर्ण प्रविधिमैत्री भइसकेको छ । सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य गरिएसँगै प्राथमिक बजारमा निष्कासनमा आएका शेयर विक्री बन्द भएको साता दिनभित्रै बाँडफाँट हुने गरेको छ । न्यूनतम मूल्य रू. १०० मै शेयर किन्न पाउने भएकाले पनि प्राथमिक बजारको शेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)