ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई उडान नियमित गर्न व्यवसायीद्वारा दबाब

अगष्ट १ बाट उडान शुरु नभए आन्दोलनमा जाने चेतावनी   

२०७७ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन १, काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न ३५ ओटा संघसंस्थाहरुले अगष्ट १ बाट  आन्तरिक हवाई उडानहरु नियमित गर्न सरकारसँग माग गर्दै उडान सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

यस्तै उनीहरुले आन्तरिक उडानसँगै अगष्ट १५ बाट अन्तरराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्न तथा सीमा नाकासमेत खोल्न पनि माग गरेका छन् । 

आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपालको पर्यटन उद्योग शून्य अवस्थामा पुगेको भन्दै उनीहरुले स्वास्थ्य सुरक्षा अपनाउँदै उडान खोल्न दबाब दिएका हुन् । 

यस्तै उनीहरुले समग्र पर्यटन गतिविधिसँग जोडिएको हवाई सेवा नियमित नभएको अवस्थामा नेपालीले महंगो शुल्क तिर्न बाध्य भएको भन्दै अगष्ट १५ बाट अन्तरराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्नु पर्ने माग गरेका हुन् ।

नेपाल वायुसेवा सञ्चालक सघ (आयोन) होटल एशोसिएशन नेपाल (हान) नेपाल एशोसिएशन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाटा),ट्रकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्यतारेहण संघ (एनएमए) लगायतका संस्थाहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै कोरोनाले व्यवसाय बन्द हँुदा व्यवसायीहरुको असीमित दायित्व बढ्न गई ऋणात्मक हवस्थामा पुगेको र १० औं लाखको रोजगारी तथा खर्बौंको लगानीसमेत संकटमा परेको बताएका छन् ।

 कोभिड–१९ को कारण नेपाल समेत प्रभावित भई चैत ११ गते देखि पूर्ण रुपमा बन्दाबन्दी भई हाल आंशिक खुलापन आए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द छन् ।

पर्यटकीय सवारी साधन, स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने माग गर्दै उनीहरुले उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु ग्र्न तथा नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउनेतर्फ तत्काल पहल अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा आवोनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विदेशमा समेत सुरक्षा अवलम्बन गर्दै उडानहरु शुरु भइरहेको अवस्थामा नेपालमा पनि उडान खोल्नु पर्ने बताए । 
उनले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) आवोन तथा विभिन्न निजी वायुसेवा कम्पनीहरुले आफै पनि सुरक्षा प्रोटोकल बनाएर तयारी गरिरहेका अवस्थामा सरकारलाई तत्काल उडान खोल्ले तयारी गर्न आग्रह गरे । 

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कहिले कोरोना अन्त होला भनेर बसेर पर्यटन व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरु त्यार रहँदा पनि यस विषयमा सरकारले कम चासो दिएको बताए । 

नाटाका अध्यक्ष अच्युत गुरागाईले सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले यो व्यवसायलाई चलायमान बनाउनका लागि सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै खोल्दै जानु पर्ने बताए ।  
एनएमएका महासचिव कुल बहादुर गुरुङ्गले पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन उडान खोल्नु पर्ने बताए ।

उनले यस अवस्थामा आम पर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै चलायमान बनाउन सरकारले सहजीकरण गर्नु पर्ने बताए ।

टानका अध्यक्ष खुम सुवेदिले कोभिड–१९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने देखिएकोले अन्तरराष्ट्रिय अभ्यास र अनुभवसमेत हेरी सेवाहरु सुचारु गर्न अव ढिला गर्न नहुने बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)