ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठमा औषतभन्दा बढी विप्रेषण तर विप्रेषण आप्रवाह अझै ह्रासमा

जेठमा ९४ अर्ब विप्रेषण, समग्रमा भने ३ % को कमी

२०७७ सावन, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन २, काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित श्रम गन्तव्य मुलुकहरुमा लगाइएको लकडाउनका कारण पछिल्लो समय विप्रेषण आप्रवाहमा कमि आएपनि जेठ महीनामा भने बढेको छ ।

लकडाउन काकारण गत आर्थिक बर्ष २०७६/ ७७ को चैत र वैशाखमा विप्रेषण आप्रवाह औषतभन्दा पनि कम थियो । तर जेठमा मात्र भने सामान्य अवस्थामाभन्दा पनि बढी विप्रेषण भित्रिएको छ ।

नेपालमा सामान्य अवस्थामा मासिक औसत रू. ७३ अर्बभन्दा बढी विप्रेषण भित्रिने गर्छ । तर गत जेठ महीनामा भने रू. ९४ अर्ब ३ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिको मासिक प्रतिवेदनले विप्रेषणको अवस्था यस्तो देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार गत चैतमा रू.३४ अर्ब र वैशाखमा रू.५४ अर्ब विप्रेषण भित्रिएको थियो, जुन औसतभन्दा कम हो । जेठमा औसतभन्दा पनि बढी विप्रेषण आएको केन्द्रीय बैंकको भनाइ छ । 

पुर्णरुपमा बन्दाबन्दीहुदाँ विदेशमा होल्डभएर बसेको पैसा बन्दाबन्दी खुकुलो भएपछि एकै पटकपठाउँदा विप्रेषण बढेको अनुमान छ । साथै, लकडाउनकै कारण हुण्डीजस्ता अनौपचारिक कारोबार औपचारिक रुपमाभएका कारण पनि विप्रेषण आप्रवाह बढेको हो ।

जेठमा बढी विप्रेषण भित्रिदाँ गत आवको घट्दो विप्रेषण आप्रवाहमा नै सुधार देखिएको छ । गत आवको वैशाखसम्ममा विप्रेषण आप्रवाह ६ दशमलव १ प्रतिशतले घटेको थियो जेठसम्म आउँदा भने त्यो ३ प्रतिशतमा झरेको सो प्रतिवेदनमाउल्लेख छ । 

राष्ट्र बैंकका अनुसार गत आवको जेठसम्म रू.७ खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण भित्रिएको छ, जुन आव २०७५/ ७६ कोभन्दा रू. २५ अर्बले कमि हो । उक्तआवमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले बढेर ७ खर्ब  ९९ अर्ब पुगेको थियो । 

समिक्षाअवधमिा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो आप्रवाह ८ दशमलव १ प्रतिशतले रहेको छ । 
विप्रेषण आप्रवाह घट्दै जानुलाई राष्ट्र बैंकले कोभिड–१९ प्रभाव भन्दै आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले कोभिड–१९ (कोरोना भाइरस नियन्त्रण गर्न श्रम गन्तव्यमुलुकहरुमा पनि लकडाउन लगाउँदा विप्रेषण आप्रवाहमा कमि आएको बताए । साथै, आगामी दिनमा विप्रेषण आप्रवाहको स्थिति कस्तो हुने भन्ने विषयमा कुनै टुङ्गो नलागेको उनको भनाइ छ  ।

उनकाअनुसार पछिल्लो समय नेपाली कामदारको रोजगारीमा देखिएको जोखिमका कारण विप्रेषण आप्रवाह संकुचनमा रहेको छ ।विश्व बैंकले कोरोना भाइरसका कारणगतआवमा नेपालको विप्रेषण आप्रवाह १४ प्रतिशतले घट्ने अनुमान गरिसकेको छ ।

तर गतआवमा विश्व बैंकले भने जसरी विप्रेषण आप्रवाहमा कमिनआउने राष्ट्र बैंक तथा रेमिट कम्पनीका अधिकारीहरु बताउँछन् । पछिल्लो गतिविधिका आधारमा गत आवमा रेमिट्यान्स आप्रवाह ३÷४ प्रतिशतले मात्र कमि आउने उनीहरुको भनाइ छ । 
 

घट्न सकेन खाद्य तथा पेय पदार्थको मुल्यवृद्धि

मुलुकमा बन्दाबन्दी व्याप्त रहेपनि जेठ महीनामा मूल्य वृद्धिमा भने सुधार देखिएको छ । अघिल्लो आवको समिक्षाअवधिमा उपभोक्ता मुद्रास्फिती (मुल्य वृद्धि) ६ दशमलव १६ प्रतिशत थियो, तर गत आवको समिक्षाअवधमिा त्यो ४ दशमलव ५३ प्रतिशतमा झरेको छ । समिक्षाअवधिमा खाद्यतथा पेय पदार्थ मूल्य वृद्धि ५ दशमलव ४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८७ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । 
राष्ट्र बैंककाअनुसार लकडाउनका कारण जेठमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि भने उच्च देखिएको छ । 

ह्वात्तै घट्यो आयात

लकडाउनका कारण नेपालमा आयातित विभिन्न वस्तुको मात्रा पनि ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७६÷७७ को ११ महीनामा कुलवस्तु आयात १५ दशमलव ३ प्रतिशतले घटेर रु.११ खर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो आयात १७ दशमलव ३ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाटभएको आयात क्रमशः २० दशमलव ३ प्रतिशत, ९ प्रतिशत र ४ दशमलव १ प्रतिशतले घटेको छ । यसैगरी, वस्तु निर्यातमा भने झिनो मात्रमा सुधार देखिन्छ ।

समिक्षाअवधिमा कुल वस्तु निर्यात शून्य दशमलव २ प्रतिशतले वृद्धि भई रू.८८ अर्ब पुगेको छ । अघिल्लो आवको सोहीअवधिमा यस्तो निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धिभएको थियो । 
 

आयात घट्दा शोधनान्तर वचतमा

बजारमा आयात घट्दा शोधनान्तर स्थितिको बचत भने बढेको छ । समिक्षाअवधिमा शोधनान्तर स्थिति रू.१ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । लकडाउन अवधिभन्दा पहिला शोधनान्तर बचत अर्बको मात्रामा थियो । तर लकडाउनकाकारण आयातमा कमी आउदाँ नेपाली मुद्रा बाहिरीन पाएको छैन ।

फलस्वरुप शोधनान्तर स्थितिमा सुधार आएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आवको सोहीअवधिमा शोधनान्तर स्थिति रू.९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । ।

यस्तै गत जेठमा चालू खाता घाटा ७१ द्यशमलव २ प्रतिशतले घटी रू.७१ अर्ब ६४ करोड कायम भएको छ । राष्ट्र बैंककाअनुसार अघिल्लो आवको सोहीअवधिमा यस्तो घाटा रू.२ खर्ब  ४९ अर्ब ८ करोड रहेको थियो । 
 

घाटामा सेवाखाता

समिक्षाअवधिमा खुद सेवाआय रू.४ अर्ब ८९ करोडले घाटामा रहेको छ । सेवाखाता अन्तर्गत भ्रमण आय १७ दशमलव ६ प्रतिशतले कमी आई रू.५७ अर्ब ८६ करोड कायम भएको छ । अघिल्लो आवका सोही अवधिमा यस्तो आय रु.७० अर्ब २५ करोड रहेको थियो । 

यस्तै समिक्षाअवधिमा भ्रमण व्यय ३५ दशमलव ८ प्रतिशतले घटी रू.५१ अर्ब ८३ करोड कायमभएको छ । राष्ट्र बैंकका अनुसार त्यसमध्ये शिक्षातर्फको व्यय रू.२५ अर्ब १६ करोड छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)