ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशको कोरोना कोषमा ३३ करोड संकलन

२०७७ सावन, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

साउन २, कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहात कोषमा हालसम्म ३३ कारोड भन्दा धेरै रकम जाम्मा भएको छ। प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम, ब्यवस्थापन र उपचारका लागि आवस्यक सहयोग जुटाउने उदेस्यले राहत कोष स्थापन गरेको थियो । 

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रहात कोषमा रकम आउने क्रम जारी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार राहतकोषमा सूर्य नेपाल प्रालिले अहिले सम्मकै ठूलो १ करोड राहत रकम प्रदान गरेको छ । प्रालिका वाणिज्य प्रमुख गौतम यादवले प्रदेशका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको कार्यकक्षमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

प्रालिका वाणिज्य प्रमुख यादवले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेश सरकारलाई सहयोग गरेको बताए । ‘कम्पनी अन्य कम्पनीको तुलनामा ठूलो भएकाले संकटका बेला स्वभाविक रुपमा राहत रकम ठूलो हो,’ उनले भने, ‘देशमा भएको विपदका बेला कम्पनीले विभिन्न सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर जारी रहन्छ ।’
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सुशीला आचार्यले प्रदेशको कोरोना कोषमा हालसम्म ३३ करोड ३ लाख १२ हजार ३ सय ९८ रुपैया संकलन भएको बताइन् । 
कोरोना भाइरसरको रोकथाम नियन्त्रण र अन्य ब्यवस्थानका लागि प्रदेश सरकारले कोरोना कोषबाट हालसम्म १८ करोड ५४ लाख ६६ हजार ५ सय खर्च गरेको आचार्यले बताइन् ।
कोराना कोषमा अहिले सम्म १४ करोड ४८ लाख ४५ हजार ८ सय ९८ रुपैया बचत भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)