ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा लेखनाथमा गण्डकीको पहिलो ‘संक्रामक तथा सरुवा रोग अस्पताल’

२०७७ सावन, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

साउन २, कास्की । गण्डकी प्रदेश सरकारले पोखरा लेखनाथस्थित रहेको लायन्स समुदायीक अस्पताललाई प्रदेशको मातहतमा ल्याएर नयाँ नामकरण सहित सञ्चालनमा ल्याएको छ। बिहीवार एक कार्यक्रमका बीच समुदायले प्रदेशलाई अस्पताल हस्तान्तरण गरेपछि प्रदेश सरकारले ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ का नामबाट अस्पताल सञ्चालन गरेको छ । 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको स्वामित्व बुझ्दै अस्पताललाई सुविधा सम्पन्न बनाउने घोषणा गरे । उनले अस्पताललाई जनशक्ति, पुर्वाधार र प्राविधिक रुपमा सक्षम बनाउने बताए ।

‘अस्पतालमा प्रदेश सरकारले समयसापेक्ष सञ्चलालन गर्नका लागि आवश्यक भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा विशेष ध्यान दिनेछ,’ उनले भने ।
व्यवस्थापन समितिका अध्यक्ष रमनाथ पौडेलले अस्पतालमा आधुनिक उपकरण, अपरेसन थिएटर लगाएतका पूर्वाधारका कार्य पछिल्लो समयमा गरिएको बताए । उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी सहित ४२ जनाकार्यरत रहेको बताए । अध्यक्ष पौडेलले दैनिकरुपमा बहिरंग र अन्तरंग दुवै सेवा दिँदै आएको अस्पतालमा दैनिक ७० जनासम्म विरामीले सेवा लिने गरेको  बताउदै अस्पतालमा सञ्चालनका लागि मासिक १० लाख खर्च हुने बताए ।

नेपाल सरकारबाट १५ बेडको स्वीकृति पाएको अस्पतालसँग ५० बेड क्षमता रहेको छ । प्रदेश सरकारले यसअघि कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेपनि पूर्वाधार र उपकरण अभावका कराण देखाउदै स्थगित गरेको थियो । प्रदेश सरकरले अस्पतालमा आबस्यक पूर्वाधार र उपकरण अभाव भएको भन्दै पछि निर्णय नै फेरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बागलुङको धवलागिरि अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएको थियो ।

१ सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताललाई थप जग्गा आवश्यक परे वन क्षेत्रबाट लिन सकिने गरी पहिले नै सहमति भइसकेको अध्यक्ष पौडेलले बताए । २०६० मा महायज्ञ सञ्चालन गरि भौतिक निर्माण थालिएको अस्पतालमा २०६२ देखि सेवा सञ्चालन थालिएको थियो । संघ सरकारको ७ वटै प्रदेशमा संक्रामक रोग अस्पताल बनाउने योजना अनुसार प्रदेश सरकारको अग्रसरतामा लायन्स सामुदायीक अस्पताललाई ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ बनाइएको हो ।

कोरोना भाइरसको जोखिम बढिरहेका बेला सरकारले प्रत्येक प्रदेशमा कम्तिमा ५० बेडको संक्रामक रोग उपचारका लागि विशेष अस्पताल बनाउने घोषणा गरेको थियो । गण्डकी सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ बनाउनका लागि ५ करोड रकम समेत विनियोजन गरेको छ ।

आर्थिक अभावका कारण बेलाबेलामा समस्या देखिएपछि समुदाय अस्पताल सरकारलाई दिन तयार भएको हो । अस्पतालको भौतिक पूर्वाधार निर्माण र आवस्यक उपकरणको व्यवस्थापनमा लायन्स क्लवले ठूलो लगानी गर्दै आएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)