ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटल सञ्चालक र मजदूरबीच पारिश्रमिक सम्झौता, तोकियो न्यूनतम मासिक तलब

रू.४३०० देखि १० हजारसम्म मासिक पारिश्रमिक पाउने

२०७७ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन ४, काठमाडौं  । कोभिड –१९ को कारण करीब चार महीनादेखि बन्द रहेका होटलका  श्रमिकहरुले न्यूनतम मासिक रू.४ हजार ३०० देखि १० हजारसम्म पारिश्रमिक पाउने भएका छन् । 

होटल संघ नेपाल (हान) र होटेलसम्बद्ध तीन मजदूर युनियनबीच होटेलको स्तरअनुसार कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिने सहमती भएसँगै उनीहरुले पारिश्रमिक पाउने भएका हुन् । विभिन्न चरणको छलफल पछि हान र कर्मचारी युनियनहरुबीच यो सहमती भएको हानले आइतवार पत्रकार सम्मेलन मार्फत सम्झौता सार्वजनिक गरेको हो । 

यो सम्झौता  १३ अप्रिल २०२० देखि ३१ डिसेम्बर २०२० सम्म लागू हने हानले जानकारी दिएको छ । यो सम्झौतासँगै होटल क्षेत्रको पारिश्रमिक मुद्दा समाधान भएको छ । 

उक्त सहमतिअनुसार काममा नआउने अर्थात होटेलले काम दिन नसके पनि कर्मचारी तथा श्रमिकले होटेलको स्तरअनुसार न्यूनतम रू. ४ हजार ३०० देखि अधिकतम रू. १० हजारसम्म मासिक पारिश्रमिक पाउने गरी सम्झौता भएको हानका अध्यक्ष सृजना राणाले बताइन् । 

कोभिड–१९ को कारणले २०७६ चैत्र  ११ देखि पूर्णरूपमा लकडाउन रहेको  र महामारीले गर्दा होटल व्यवसाय पूर्ण रूपमा बन्द हुन गएको अवस्थामा समेत बाँचौ र बचाऔं भन्ने अभिप्रायले आफुहरुले यो सम्झौता गरेको भन्दै उनले यसबाट असल श्रम सम्बन्धको विकास हुने अपेक्षा गरिएको बताइन् । 

सम्झौतामा २०० ओटा कोठाभन्दा माथि रहेका डिलक्स, पाँचतारे तथा सोही स्तरको रिर्सोटमा काम गर्ने प्रत्येक कर्मचारी तथा श्रमिकले रु १० हजार, २०० ओटा कोठाभन्दा कम रहेका डिलक्स, पाँचतारे तथा सोही स्तरकोलागि रु. ९ हजार, १०० ओटा कोठाभन्दा बढी भएको चारतारे होटलका श्रमिकको लागि रु. ८ हजार ४५५ पारिश्रमिक दिइने उल्लेख छ । 

यस्तै १०० ओटा कोठाभन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.८ हजार,    तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरतलाई मासिक रू. ५ हजार, दुई तारेका कर्मचारीहरूलाई मासिक रू. ४ हजार ३००  र  एक तारे तथा पर्यटक स्तरको होटल तथा रिर्सोटहरूमा आपसी समझदारीमा रकम उपलब्ध गराईने सम्झौता भएको भएको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए । 

होटल सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणाली अनुसार आलोपालो गरी काममा लगाउने सहमती भएको संघका महासचिव साजन शाक्यले बताए । 

सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने कर्मचारीको सेवा अन्त्य हुदाँ बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । 

हानका अध्यक्ष सृजना राणा र कामदार तथा कर्मचारीहरुको तर्फबाट नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले गत असार २८ गते सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताको कार्यान्वयन र परिपालन गराउन अधिकार सम्पन्न संयुक्त कार्यदल समेत बनाइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)