ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउन १५ गतेबाट चिनियाँ जहाजको उडान बन्द गर्ने निगमको निर्णय  

चिनियाँ जहाजले निगमलाई २ अर्ब ३० करोड घाटा

२०७७ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन ४, काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका चिनियाँ जहाजले निगमलाई निरन्तर घाटा लगेपछि निगमले साउन १५ गतेबाट यी सबै जहाजको उडान बन्द गर्ने निर्णय गरेको छ । 

निगमसँग अहिले ४ ओटा वाई–१२ र २ ओटा एमए–६० गरी ६ ओटा चिनीयाँ जहाज छन् । एमए–६० को सिट क्षमता ५६ हो भने वाई–१२ को सिट क्षमता १८ हो । चिनियाँ जहाजबाट आम्दानी हुनुको सट्टा निरन्तर रुपमा घाटा भएको भन्दै निगम सञ्चालन बोर्डले जहाजको उडान नै बन्द गर्ने निर्णय गरेको हो । 

निगम सञ्चालक समितिको बैठकले चिनियाँ जहाज सञ्चालन गर्दा निगमलाई आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७५/०७६ गरी पाँच आर्थिक वर्षमा निगमललाई रू. १ अर्ब ९० करोड घाटा भएको र यी उडान बन्द नगरे थप घाटा ब्यहोर्नु पर्ने भन्दै उडान बन्द गर्ने निर्णय भएको निगम स्रोतले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/०७७ सम्मको जोड्दा यो घाटा रू. २ अर्ब ३० करोडसम्म पुग्ने निगमको आंकलन गरिएको छ ।

चिनियाँ जहाजहरुको बीमा रकम अन्य जहाजहरुकोभन्दा करीब ३५ प्रतिशतले बढी रहेको, यी जहाज चलाउने पाईलटहरु उपलब्ध नहुने, आफैँले उत्पादन गर्नु पर्ने तथा जुन एयरबस ३२० को भन्दा पनि महँगो पर्ने गरेकोले बन्द गर्नु परेको निगम सञ्चालक समितिको निष्कर्ष छ । 

यस्तै यी जहाजहरुको स्पेयर पार्टस समान क्षमताका अन्य जहाजभन्दा करीब ७५ प्रतिशतले महँगो रहेको, जहाजहरु ग्राउण्डेड भैसकेपछी स्पेयर पार्टस अर्डर गर्दा अत्याधिक समय लाग्ने गरेको र स्टलरुटमा प्रस्तावित जहाजहरुमा २५ प्रतिशत देखी ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहको समितको निष्कर्ष छ । 

निगमका अनुसार दुवै जहाजको प्रशिक्षक पाईलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान जहाजको तुलना मा ४ गुनासम्म बढी लाग्ने गरेको, एमए ६० को सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी तथा टाइप रेटिङ तालिम खर्च ३० प्रतिशतले बढी र इन्धन खर्च अन्य समान प्रकृतिको जहाजको भन्दा दोब्बरभन्दा बढी छ । 

जहाज ल्याउँदाको दिनदेखि निगमले चिनियाँ जहाज पूर्ण रूपमा सञ्चालन गर्न नसकेको र अबका दिनमा पनि सञ्चालन गर्न सक्ने आधार नभएको भन्दै उडान बन्द गर्ने निर्णय गरेको निगम सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । निगमले यी जहाजको उडान सम्भावताका बारेमा अध्ययन गरी व्यवसायिक रुपमा उडान गर्न नसकिने निष्कर्ष सहित निगम सञ्चालक समितबाट निर्णय गरी यसको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको उनले बताए । 

निगमका यस अघिका २० ओटा बैठकमा यी जहाजको व्यवस्थापनका बारेमा छलफल भएपनि निर्णय भने हुन सकेको थिएन । सञ्चालक समितिले निर्णय गरी मन्त्रालय पठाएकोले अब यी जहाज कसरी व्यवस्थापन गर्ने निर्णय सरकार आफैँले गर्ने ती सदस्यले जानकारी दिए ।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले आन्तरिक उडानका लगि ६ ओटा चिनियाँ जहाज खरीद गर्ने निर्णय गरेको थियो । जहाज खरीद गर्ने निर्णय पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नभई अर्थ मन्त्रालयबाट प्रस्ताव गएको थियो । 

उक्त प्रस्तावको आधारमा आर्थिक पाटो अर्थ मन्त्रालयले हेर्ने र जहाजको प्राविधिक पाटो नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल वायुसेवा निमगले अध्ययन गर्ने निर्णय भएको थियो । सोही अनुसार २०७० मंसिरमा खिलराज रेग्मीको मन्त्रिपरिषद्बाट ६ ओटा चिनियाँ जहाज खरीद गर्न चीन सरकारसँग सम्झौता गरिएको थियो । सम्झौतामा एक एमए–६० र एक वाई–१२ जहाज अनुदानमा र ४ ओटा जहाज सफ्ट लोनमा खरीद गर्ने गरी दुईपक्षीय सम्झौता भएको थियो । 

सम्झौताअनुसार चिनियाँ जहाज खरीदमा निगमले रू. ६ अर्ब ६७ करोड १० लाख सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरीद गरेको थियो । कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने रू. ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो । सम्झौता पछि निगमले २०७१ वैसाखमा पहिलो पटक एउटा अनुदानको ५६ सिट क्षमताको पहिलो एमए ६० जहाज र सोही वर्षको कात्तिकमा १८ सिट क्षमताको एउटा वाई–१२ जहाज चीनबाट अनुदानमा ल्याएको थियो । त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए–६० र एउटा वाई–१२ ल्याइएको थियो । 

यसैगरी, निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईओटा वाई–१२ जहाज नेपाल ल्याएको थियो । तर बिडम्बना आन्तरिक उडानको लागि भनेर ल्याइका ६ ओटै जहाज एक दिन पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् । निगमले एक पटकमा एउटा एमए–६० र एउटा वाई–१२ जहाज मात्रै उडान गरिरहेको थियो ।

जहाज बिग्रिने, पार्ट समयमा उपलब्ध नहुने तथा जनशक्ति व्यवस्थापनकै कारण निगमले आएको ६ आर्थिकसम्म पनि एकै दिन पनि ६ ओटा जहाज उडाउन सकेन । पाटपूर्जा नआउँदा निगमले एउटाको पाटपूर्जा निकाल्दै अर्कोमा हाल्दै उडान गरिरहको थियो । निगमसँग अहिले एउटा एमए–६० र एउटा वाई–१२ जहाजमात्र  उडान योग्य छन् । एउटा एमए–६० र २ ओटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड भएर बसेका छन् भने एउटा जहाज नेपालगञ्जमा दुर्घटना भई पूर्ण क्षति भई त्यही ग्राउण्डेड भएको निगमले जानकारी दिएको छ । 

निगमका अनुसार ती चिनीयाँ जहाजको लागि १७ जना पाइलट सहित ६३ जनाको जनशक्ति खटिएको थियो । निगम सञ्चालक समितिले चिनीयाँ जहाजको उडान बन्द गर्ने निर्णय सहित विभिन्न विभागमा करारका रहको ५७८ जना कर्मचारीलाई अवकाश दिएको छ । उनीहरुको करार सम्झौता चैत महीनामै सकिएपछि यो तीन महीनासम्म थप गरी घरमै बसेर तलब खाने व्यवस्था गरिएपनि उनीहरुको काम नै नभएकोले र सम्झौता अवधि पनि सकिएकोले नविकरण नगरिएको निगमले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)