ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिममा बगरफाँट : शिरानमा पहिरो, पुछारमा नदीकटान

२०७७ सावन, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ स्थित बगरफाँट गाउँका बासिन्दा वर्षौंदेखि जोखिममा पर्दै आएका छन् । उर्वर फाँट, प्रशस्त पानीको स्रोत, प्राकृतिक सुन्दरता र भौगोलिक सुगमता हुँदा हुँदै पनि बगरफाँटवासी सधैं चिन्तामा परिरहन्छन् ।

राजनीतिक र प्रशासनिक पहुँच भएका व्यक्तिहरूको समेत बसोबास भएको बगरफाँट गाउँ भौगोलिक विषमताका कारण जोखिममा परेको छ । मानवीय उदासीनताका कारण विकासका पूर्वाधारहरूबाट पनि टाढा रहेको छ । गाउँको शिरानमा रहेको तोराखेतको पहिरोले हरेक वर्षायाममा गाउँलेलाई त्रसित बनाउने गरेको छ भने पुछारमा बग्ने म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेको छ ।

हाडेभीर–बगरफाँट–सुर्केमेला–बरञ्जा सडकको अवस्था पनि अत्यन्त दयनीय छ । वर्षायाममा सामान्य मर्मत समेत नगरिँदा यातायातका साधन र पैदलयात्रीले समेत सास्ती खेप्नु परेको छ । हाडेभीरदेखि दुधेखोलासम्मको खण्डमा अवस्थित ७ ओटा खोल्साका पानीलाई निकासको व्यवस्था गर्न नसक्दा सडकमै खोला बग्ने गरेको छ ।

बगरफाँट गाउँको शिरानमा पानीका झरना, वनजंगल र पानीका प्रशस्तै स्रोतहरू छन्, तर व्यवस्थापन अभावमा खानेपानीको समस्याले गाउँलेलाई बेलाबेलामा सताउने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । प्रशस्त सम्भावनाहरू रहेको, सदरमुकामदेखि नजिकैको गाउँ भएर पनि बगरफाँटमा विकास निर्माण हुन नसक्नुको मुल कारण पनि भौगोलिक विषमता नै हो ।

तोराखेतको पहिरोका कारण गाउँ उच्च जोखिममा परेको छ । पहिरो त्यति ठूलो नदेखिए पनि यसले पु¥याउन सक्ने सम्भावित क्षति ठूलो हुन सक्ने अड्कल गरिएको छ । तर, पहिरो नियन्त्रण वा व्यवस्थापनमा भने कुनै पहल हुन सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)