ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघले साउन ७ देखि यातायात चलाउने

सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने माग

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन ७ गतेपछि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका केही समस्यालाई सम्बोधन गरेको बताउँदै गाडी सञ्चालन गर्ने तयारी गरिएको महासंघले बताएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि विविध माग राखेर महासंघ यातायात सञ्चालन गर्न तयार भएको थिएन ।

व्यवसायीले लामो समयदेखि व्यवसाय बन्द भएपछि यातायात क्षेत्र विनाराहत पुनः सञ्चालन गर्न नसकिने भन्दै राहतको माग राखेका थिए । सरकारले लकडाउन अवधिभरको बैंक किस्ता स्थगन, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, सवारी निर्मलीकरणका लागि टनेलको व्यवस्थालगायत माग महासंघको थियो । बैंक कर्जा, ब्याजदरलगायत विषयमा मौद्रिक नीतिले केही सम्बोधन गरेको बताउँदै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफू आबद्ध सबै कम्पनीलाई गाडी सञ्चालन गर्न सर्कुलर गर्ने बताए ।

सरकारले असार अन्तिम साताको मन्त्रिपरिषद्को निर्णयमार्फत सीट क्षमताभन्दा आधा मात्र यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाई साबिकको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर सुरक्षा सावधानी अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, व्यवसायीले सुरक्षाको जिम्मेवारी भने नलिने बताएका छन् । ‘स्टेशनमा यात्रु व्यवस्थापन, बाटोमा पानी राख्ने, स्यानिटाइज गर्नेलगायत काम सरकारले गर्नुपर्छ, हामी आफ्ना चालक/सहचालकको मात्र सुरक्षा सावधानी अपनाएर गाडी सञ्चालन गर्छौं,’ महासंघका अध्यक्ष कर्माचार्यले बताए ।

उनीहरूले सरोकारवाला निकायले बाटोदेखि यात्रु सुरक्षा गर्नुपर्ने र यातायात क्षेत्रलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । प्रधानमन्त्री ओलीले सरोकारवाला निकायलाई निर्देशन दिने आश्वासन व्यवसायीलाई दिएका थिए ।

महासंघले आफू आबद्ध २९४ ओटा कम्पनीलाई बस सञ्चालन नगर्न सर्कुलर गरे पनि सरकारी स्वामित्व रहेको साझा यातायात तथा महासंघइतर यातायात कम्पनीहरू सुन्दर यातायात प्रालि र मयूर यातायात प्रालिले बस सञ्चालन गरेपछि महासंघभित्रै गाडी सञ्चालनका लागि दबाब परेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)