ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भदौ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने सरकारको निर्णय  

उडान प्रोटोकल बनाउने जिम्मा पर्यटन मन्त्रालयलाई 

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन ५, काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

आन्तरिक उडानका लागि सम्पूर्ण प्रोटोकल पर्यटन मन्त्रालयले मिलाउने गरी यो निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले जानकारी दिए । कोभिड–१९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पेश गरको थियो । 

मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तरराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा मनित्रपरिषद् बैठकले भाद्र १ बाटै दुवै क्षेत्रको उडान शुरु गर्ने निर्णय गरेको हो । 

त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय साउन ७ गते सकिदैछ । 

गतवर्ष चैत्र ११ गतेबाट शुरु भएको लकडाउनलाई सरकारले समय समयमा परिमार्जन गर्दै ल्याएको छ । यसअघि जिल्ला भित्र मात्र चल्ने गरी यातायात खोल्ने निर्णय भएकोमा यो पटक अन्य क्षेत्रपनि विस्तारै खोल्दै जाने गरी सरकारले निर्णय गरेको छ । 

सीसीएमसीको आइतवारको बैठकले यातायात, पर्यटन व्यवसाय, होटल, संग्रहालय, सभा सम्मेलन तथा खेलकुद तथा विद्यालयलगायत सञ्चालनको लागि कोभिड संक्रमणको प्रक्षेपणको आधारमा सरकारको पूर्व निर्णय परिमार्जन र हेरफेर गर्ने प्रस्ताव मन्त्रिपरिषद् मै लैजाने निर्णय गरेको थियो । 

सोही अनुसार लकडाउनलाई अझै खुकुलो बनाइने भएको हो । यद्यपी लकडाउनको नयाँ मोडलबारे थप जानकारी भने सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताइएको छ ।

कोभिड–१९ को कारण बन्द रहेको व्यवसायिक हवाई उडान खोल्न सरोकारवालाहरुले सरकारलाई दबाब दिइरहेका थिए । व्यवसायिहरुले अगष्ट १ बाट  आन्तरिक हवाई  र अगष्ट १५ बाट अन्तरराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्न तथा सीमा नाका समेत खोल्न पनि माग गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरलले सरकारले उडान खोले आफूहरु उडान सेवा दिनको लागि तयारी अवस्थामै रहेको बताए । क्यान,नेपाल वायुसेवा सञ्चलक संघ (आवोन) तथा विभिन्न निजी वायुसेवा कम्पनीहरुले आफै पनि सुरक्षा प्रोटोकल बनाएर उडानको तयारीमै रहेका छन् । कोरोनाको कारण सरकारले चार्टर उडान, उद्धार उडान, मेडिकल कार्गो उडान बाहेकका सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)