ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतितपत्र, ड्राफ्ट, टीटीबाट गरिने औषधिजन्य कारोबारमा अब विभागको सिफारीस अनिवार्य

नगद विदेशी मुद्रा स्थानान्तरणमा बीमा गर्न निर्देशन

२०७७ सावन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन ६, काठमाडौं । औषधिजन्य कच्चा पदार्थ तथा तयारी औषधिहरु प्रतितपत्र वा अन्य माध्यम (ड्राफ्ट, टीटी आदि) बाट निकासी पैठारी गर्दा अनिवार्य रुपमा औषधि व्यवस्था विभागको सिफारिसपत्र लिनुपर्ने भएको छ । 

औषधि ऐन, २०३५ (दोस्रो संशोधन सहित) मा भएको प्रावधान अनुरुप राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याउन यस्तो निर्देशन दिएको हो । 

विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादूर मिश्रकाअनुसार विदेशी विनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र – २०७६ संशोधन गर्दै उक्त व्यवस्था थप गरेकाले यसलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

यसअघि यस्तो व्यवस्था थिएन । तर औषधि ऐनमा व्यवस्था भएकाले अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको उनको भनाइ छ ।
 

नगद विदेशी मुद्रा स्थानान्तरणमा बीमा गर्न निर्देशन

राष्ट्र बैंकको बैंकिङ कार्यालयले नगद परिवत्र्य विदेशस्थित एजेन्सी खाताबाट ल्याउन,  विदेशस्थित एजेन्सी खातामा जम्मा गर्न तथा नेपालभित्रकै एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअनुसार विदेशी मुद्रा स्थानान्तरण गर्दा बीमा, सुरक्षा तथा ढुवानी सम्बन्धी आवश्यक सबै व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

उक्त व्यवस्थासँगै बैंक तथा वित्तिय संस्थाले परिवत्र्य विदेशी मुद्रा नेपालभित्र एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्न सक्ने भएका छन् । यस्तै राष्ट्र बैंकले भारतीय रिजर्व बैंकबाट नगद भारु नेपाल ल्याउन र जम्म हुन आएको नगद भारु भरतीय रिजर्व बैंकका कार्यालयमा जम्मा गर्न लैजान सक्नेछ ।

साथै राष्ट्र बैंकका प्रदेश स्थित कार्यालयहरु व बैंक तथा वित्तीय संस्थाहरुले देशभित्रकै एक स्थानबाट अर्को स्थानसम्मा भारतीय रुपय स्थानान्तरण गर्न सक्ने छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)