ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवको कार्य सम्पादन प्रगति पेश गर्न पर्यटन मन्त्रीको निर्देशन

चालू आवको वार्षिक कार्य सम्पादन सम्झौता एक साता दिन भित्र 

२०७७ सावन, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन ७, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसँगको कार्य सम्पादन सम्झौत्ता प्रगति हप्ताभित्र पेश गर्न निर्देशन दिएका छन् । 

बुधवार मन्त्रालयमा गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालू आवको कार्यक्रमको बारेका भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिएका हुन् ।  

मन्त्रालयका अन्य शाखा अधिकृतले, उपसचिवसँग उपसचिवले सहसचिवसँग र सहसचिवले सचिवसँग सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौता अनुसारका कार्य प्रगति पेश गर्न सबैलाई निर्देशन दिएका हुन् । गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताको आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले जानकारी दिए । उनले सबैसँग साता दिन भित्रमा वार्षिक कार्य सम्पादन सम्झौता गर्ने समेत बताए ।

मन्त्री भट्टराईले प्रत्येक महीनाको पहिलो हप्ता मासिक प्रगति समीक्षा र आउदो महीनाको योजना पेश गर्न सबैलाई निर्देशन दिदंै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिहरुलाई बजेट तथा कार्यक्रम साउनभित्र पास गर्न निर्देशन दिएको हुन् ।   

यसैबीच मन्त्रालयले साउन १५ देखि होटल तथा रेष्टुराँ खुल्ने हुँदा स्वास्थ्य र सुरक्षा सम्बन्धि सावधानी अपनाउन सबै सरोकारबालाहरुसँग १० गते भित्र समूहगत छलफल गर्ने भएको छ ।

उपत्यकाका लागि पर्यटन विभाग, पर्यटन बोडले अनुगमन संयन्त्र निर्माण गर्न र प्रदेश स्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनको लागि अनुरोध गर्ने पर्यटन मन्त्री भट्टराइले निर्देशन दिएका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)