ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशको करीब ६४ प्रतिशत खर्च

२०७७ सावन, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा कुल बजेटको ६३ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । पूँजीगततर्फ ७० दशमलव ४६ प्रतिशत र चालूतर्फ ५२ दशमलव ८० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले बताएको छ ।

कोरोना संक्रमणका कारण आर्थिक वर्षको ४ महीनासम्म विकास निर्माणका योजनाहरू रोकिँदा सरकारको लक्षअनुसार खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार बजेटमा पूँजीगततर्फ रू. १९ अर्ब ८४ करोड ९० लाख २० हजारमध्ये रू. १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९५६ खर्च भएको छ । यस्तै चालूतर्फको कुल बजेट रू. १२ अर्ब २८ करोड ५७ लाख ७२ हजारमध्ये रू. ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५१२ खर्च भएको छ ।

लकडाउन खुकुलो भएपछि विकास निर्माणका कामले तीव्रता पाएसँगै जेठ र असार महीनामा धमाधम बजेट निकासा बढेपछि प्रदेश सरकारको बजेट खर्च बढेको हो । गण्डकीका ७ ओटा मन्त्रालयमध्ये पूँजीगततर्फ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सबै भन्दा बढी खर्च गरेको छ ।

मन्त्रालयलाई चालूतर्फ रू. १ अर्ब २९ करोड ९५ लाख ४८ हजार र पूँजीगत तर्फ रू. ७३ करोड १८ लाख ५९ हजार विनियोजन भएको थियो । त्यसमध्ये मन्त्रालयले पूँजीगततर्फ रू. ५७ करोड ७२ लाख २४ हजार ५८७ र चालूतर्फ रू. ६३ करोड २० लाख ७० हजार ५०३ खर्च गरेको छ ।

पूँजीगत बजेट सबै भन्दा कम खर्च गर्नेमा आन्तरिक मामिला तथा कानून मन्त्रालय छ । मन्त्रालयले पूँजीगततर्फ रू. २१ करोड ४७ लाखमध्ये रू. १२ करोड १६ लाख ७० हजार ६४३ खर्च गरेको छ । यस्तै चालूतर्फ रू. ३७ करोड ९२ लाख ३६ हजारमध्ये रू. ७ करोड ९२ लाख ८ हजार खर्च गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयको पूँजीगत तर्फ रू. ११ अर्ब ७२ करोड ८२ लाख ८३ हजार खर्च गरेको छ । मन्त्रालयले पूँजीगततर्फ रू. १५ अर्ब ११ करोड ५१ लाख ५ हजार र चालूतर्फ रू. ८४ करोड ४९ हजार बजेट पाएको थियो ।

सामाजिक विकास मन्त्रालयले पूँजीगततर्फ रू. ६३ करोड ६९ लाख ५४ हजार खर्च गरेको छ । मन्त्रालयले रू. ८३ करोड ५६ लाख १७ हजार पूँजीगत बजेट पाएको थियो । मन्त्रालयले चालूतर्फ ३८ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूँजीगततर्फ रू. ६४ करोड ५३ लाख ६९ हजार र चालूतर्फ २१ करोड १० लाख ८७ हजार खर्च गरेको छ । त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयको पूँजीगततर्फ ६३ दशमलव ८४ र चालूतर्फ ३० दशमलव ९५ प्रतिशत बजेट खर्च भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको पूँजीगत तर्फ ५९ दशमलव २५ र चालूतर्फ ६७ दशमलव ७७ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले गण्डकी प्रदेशसभाको पूँजीगत बजेट ९५ दशमलव ९२ प्रतिशत खर्च गरेको छ । प्रदेशसभालाई पूँजीगततर्फ रू. २ करोड ९० लाख ३५ हजार र चालूतर्फ रू. ११ करोड २६ लाख २९ हजार बजेट छुट्ट्याएको थियो ।

यस्तै प्रदेश नीति तथा योजना आयोगको पूँजीगततर्फ ८९ दशमलव ९८ प्रतिशत र चालूतर्फ ६३ दशमलव ५९ प्रतिशत बजेट खर्च भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)