ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण अधुरै

२०७७ सावन, ११  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कोभिड–१९ र लकडाउनका कारण सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण अधुरै रहेको छ । समयमै सम्पन्न हुन नसकेपछि अस्पताल निर्माणको म्याद ८ महीना थप गरिएको छ । संघीय सरकारको रू. १६ करोड ३६ लाख लगानीमा धनगढी उपमहानगरपालिका–१३ राजपुरमा निर्माणाधीन अस्पतालको काम १० प्रतिशत मात्र बाँकी हुँदा लकडाउनले अवरोध पुगेको भन्दै निर्माण कम्पनीलाई ८ महीना म्याद थपेर निर्माण अघि बढाउन सम्झौता गरिएको हो ।

५० शय्याको प्रादेशिक आयुर्वेदिक अस्पतालको काम निर्धारित समयमा पूरा नभएपछि म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले बताएको छ । राजपुरमा आयुर्वेदिक अस्पताल निर्माणका लागि २०७४ पुसमा सम्झौता भएको थियो ।

३० महीनाभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरिए पनि सो अवसधिसम्ममा ९० प्रतिशत मात्र सम्पन्न भएको र लगत्तै लकडाउन शुरू भएकाले निर्माण सामग्री अभावलगायत कारण बाँकी काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ । लकडाउनका कारण अस्पताल निर्माणको काम प्रभावित भएकाले ८ महीना म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीका सूचना अधिकारी इन्जिनीयर श्यामचन्द्र बुढाथोकीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)