ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीमा कृषि परियोजनाको करीब ४ करोड खर्च

२०७७ सावन, १२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको झण्डै ४ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ५ करोड १८ लाख विनियोजन गरिएकोमा ३ करोड ८७ लाख मात्र कार्यान्वयन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रादेशिक समन्वय इकाइ कैलालीका कृषि अधिकृत टिकेन्द्र कुश्मीले केही कार्यक्रम मात्र सञ्चालन गएको जानकारी दिए । ‘सबै कार्यक्रमको रकम लकडाउनपछि रोक्का भयो,’ उनले भने ।

कैलालीमा २ हजार हेक्टरमा विस्तार गरिएको गहुँ सुपरजोन अन्तर्गत रू. ५७ लाख अनुदानका पाँच कस्टम हायरिङ सेन्टर, रू. ६ लाख ७९ हजार अनुदानका तीन सौर्य सिँचाइ प्राणाली जडान र रू. ८४ लाख ८६ हजार अनुदानका दुई साना सिँचाइका कार्यक्रम कार्यान्वयनमा गएको उनले बताए । प्रशोधन प्लान्ट स्थापना, प्रशोधन उद्योग सञ्चालन, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, माटो परीक्षण प्रयोगशाला, भकारो सुधार, सुपरजोन विशिष्टीकृत बालीहरूको लाभ लागत अध्ययन, अनुगमन लगायत कार्यक्रम भने अझै कार्यान्वयनमा ल्याउन सकिएको छैन । कस्टम हायरिङ सेन्टरका लागि अनुदान पाएको कैलारी गाउँपालिका–८ पृथ्वीपुरको सफल कृषक समुहका अध्यक्ष रामलाल चौधरीले सेन्टर सञ्चालन भएको बताए ।

यस्तै कैलालीमा सञ्चालन भएको गहुँ सुपर जोनको प्रत्येक वर्ष रकम कटौती हुँदै आएको छ । गत आर्थिक वर्षमा रू. ५ करोड १८ लाख विनियोज गरिएकोमा चालू आर्थिक वर्ष २०७७/७८ मा ३ करोड मात्र विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा गहुँ सुपर जोनको नाम र कार्य क्षेत्र समेत परिमार्जन गरिएको छ । प्रादेशिक समन्वय इकाइ नाम राखिएको छ भने प्रदेशका ८८ ओटै स्थानीय तहहरूसँग समेत समन्वय गर्न भनिएको कुश्मीले बताए । उनले भने, ‘अहिले नाम पनि फेरिएको छ । कार्यक्षत्र पनि फेरिएको छ । तर बजेट भने निकै कम विनियोजन भएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)