ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अख्तियारका कामबारे संसदीय समितिले अध्ययन गर्ने

२०७७ सावन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । ठूला घटनाको अनुसन्धानमा अख्तियारले तदारुकता देखाउन नसकेकोमा आलोचना भइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामबारे संसदीय समितिले अध्ययन गर्ने भएको छ ।

स्वास्थ्य सामग्री, वाइडबडी विमान किन्दा भएको अनियमितता, स्थानीय र प्रदेश तहमा देखिएको भ्रष्टाचार छानविनमा अख्तियारको भूमिका कमजोर देखिएपछि संसदीय समितिले छुट्टै समिति बनाएर उसको कामकारबाहीबारे अध्ययन गर्ने भएको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकमा बढ्दो बेथिति, भ्रष्टाचार, अनियमिततामा अख्तियारको कामकारबाहीमाथि प्रश्न उठेपछि उपसमिति बनाएर अख्तियारका पछिल्ला ३ वर्षदेखिका प्रतिवेदन झिकाएर अध्ययन गर्न लागेको हो ।

समितिकी सभापति शशी श्रेठले पछिल्ला क्रम देखिएका ठूला भ्रष्टाचारमा अख्तियारले अहिले गरिरहेको अनुसन्धान परिणाममुखी नभएको बताइन् । उनका अनुसार राजनीतिक संरक्षणमा हुने अनियमितता, मन्त्रिपरिषद्बाट हुने गरेका नीतिगत भ्रष्टाचारलगायत विषयमा अख्तियारको भूमिका प्रभावकारी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

मुलुकमा सुशासन स्थापना गराउन संवैधानिक आयोग अख्तियारको महŒवपूर्ण भूमिका रहने भए पनि उसले प्रभावकारी रूपमा काम गर्न नसक्नु ठूलो कमजोरी भएको उनको भनाइ छ । ‘पछिल्ला वर्षमा अख्तियारले गरेका कामकारबाहीको प्रतिवेदन झिकाएर अध्ययन गर्न लागिएको छ, सूक्ष्म अध्ययनपछि निर्देशन दिइनेछ,’ उनले भनिन् ।

विशेषगरी अख्तियारले साना घटनामा मात्रै कारबाही गरेको तर नीतिगत रूपमा हुने ठूला भ्रष्टाचारमा अनुसन्धान नगरी बसेको भन्दै पछिल्लो समय अख्तियारको भूमिकामाथि नै प्रश्न उठ्दै आएको छ । हालै समितिले अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसँग अख्तियारको कामकारबाहीका बारेमा जानकारी लिएको थियो । ठूला घटनामा छानविन चलिरहेकाले परिणाम देखिन समय लागेको अख्तियारका प्रमुख आयुक्त घिमिरेले बताएका थिए । उनले निजीक्षेत्रमा अख्तियारलाई प्रवेश गराउनुपर्ने आशयसमेत समिति बैठकमा
राखेका थिए ।

तर, आइतवार बसेको समिति बैठकमा बोल्ने अधिकांश सांसदले अख्तियारमा राजनीतिक भागबन्डा हुँदा बढ्दो बेथिती रोक्न र निष्पक्ष ढंगले काम गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । सत्तारूढ नेकपाका नेता जनार्दन शर्माले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अमरेश सिंह तथा देवेन्द्रराज कँडेललगायतले अख्तियारले आफूलाई सुधार्दै लैजानुपर्नेमा जोड दिए । स्थानीय तहमा जनप्रतिनिधि नै ठेक्कापट्टामा लाग्दा झनै बेथिती बढेको भन्दै उनीहरूले छानविनको समेत माग राखेका थिए । समितिले सोमवार अख्तियारको कामकारबाहीबारे छुट्टै समिति बनाएर अघि बढ्नेबारे छलफल गरेको थियो । छुट्टै समितिले बनेपछि विस्तृत अध्ययन थालिने र आयोगलाई थप निर्देशन दिइने तयारी राज्य व्यवस्था समितिको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Amir thapa magar

[Jul 27, 2020 11:45pm]

Nepal Ma jo aaya pani aaktiyar ma pugay pachi tai hun6 kina vanay nepalko politics yati dirty 6 ki lak6 ti pasuharuko vatti nai ho jasto.mero bichar ma aabo nepalko system nai change hunu parcha pratayk6 janta bat nirbachit karikari hunu par6 taba matra jantalay rahat paou6!haina vanay yastai chali rahan6!



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)