ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुरको ट्राफिक राजस्व ४७ लाख ७१ हजार

२०७७ सावन, १५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

कञ्चनपुर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा साढे ४७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक कार्यालयले ४७ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कञ्चनपुर ट्राफिक कार्यालयका प्रमुख प्रकाश केसीले सवारी कारबाहीबाट उक्त राजस्व संकलन भएको बताए ।

गत आवमा ट्राफिक नियमको उल्लंघन गर्ने ८ हजार ३९१ जना कारबाहीमा परेको केसीले जानकारी दिए, जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १५७ जना छन् । उनीहरूको कारबाहीबाट १ लाख ५७ हजार राजस्व संकलन भएको छ । त्यस्तै चालक अनुमतिपत्रविना सवारी चलाउने, सवारीसाधनको ब्लू बुक नबोक्ने तथा सवारी नियमको पालन नगर्ने ट्राफिक कारबाहीमा परेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलनमा ह्रास आएको छ । आव २०७५/७६ मा कार्यालयले ६८ लाख ८ हजार राजस्व संकलन गरेको थियो ।

ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ । गत आवमा गरिएको ५४ ओटा जनचेतनामूलक कार्यक्रमबाट ७ हजार ५३० जना लाभान्वित भएको कार्यालयले बताएको छ । ‘ट्राफिक नियमको पालन नगर्नेलाई पहिलो चरणमा सम्झाइ–बुझाई काउन्सिलिङ गर्छौं,’ ट्राफिक प्रमुख केसीले भने, ‘सवारी दुर्घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसँगै चेकजाँचमा पनि कडाइ गरेका छौं । आम सवारीचालक जिम्मेवार भएमा दुर्घटनाको जोखिम घट्छ ।’ गत आर्थिक वर्षमा जिल्लामा भएका ५४ ओटा दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते र ३४ जना सामान्य घाइते भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)