ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहोरबाट मोहर बनाउने अभियान शुरू

कौसीमा मासिक रू. ५० करोडको तरकारी उत्पादन

२०७७ सावन, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका घरहरूमा उत्पादन हुने फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न अभियान सञ्चालन गरिने भएको छ । महानगरले ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ नारासहित पहिलो चरणमा १० ओटा वडामा अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।

पहिलो चरणमा महानगरका वडाहरू १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा यो अभियान सञ्चालन गरिने भएको छ । अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मुल समिति गठन गरिएको छ ।

उक्त समितिको बिहीवार बसेकोे बैठकमा अभियानलाई प्रभावकारी बनाउने विषयमा विभिन्न सुझाव संकलन गरिएको महानगर प्रमुख मानबहादुर जीसीले बताए । अन्तक्र्रियासहितको बैठकमा महानगर प्रमुख जीसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गरिने बताए ।

उनले घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी उत्पादनमा प्रेरित गर्दै कौसीखेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए । यस्तै पुनः प्रयोग हुने फोहोरलाई विक्री गरी आम्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरेअनुसार विसर्जन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।

बिहीवार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर–घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महीनासम्म निरन्तरता दिने, ४ महीना भित्रमा फोहोरमैला व्यवस्थापन, मूल्य निर्धारणलगायत मापदण्ड निर्माण गरी स्वकृतिका लागि महानगरमा सिफारिस गर्ने निर्णय गरेको छ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मुल समिति र सचिवालय समिति गठन गरी फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले अभियालनलाई समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा कास्कीका अध्यक्ष तथा गण्डी प्रदेश सांसद कृष्ण थापाले स्थानीय तहको निर्वाचनको बेलामा पार्टीले बनाएको घोषणापत्रमा सरसफाइ विषयलाई समेटेकाले यो अभियानलाई सक्दो सहयोग गर्ने बताए ।

यस्तै नेपाली कांग्रेसका सचेतक रामराज लामिछानेले पोखराको फोहोर व्यवस्थापन गर्न महानगरले ल्याएको अभियानमा समर्थन जनाउँदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका कार्यवाहक अध्यक्ष गणेशबहादुर ढकालले फोहोरलाई वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्ने अभियान सान्दर्भिक भएकाले पूर्ण सहयोग रहने बताए ।

बैठकमा सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १८२ टन फोहोर उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार ८० प्रतिशत घरायसी फोहोर उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नु पर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरका करीब १ लाख ५० हजार घरमा कौसीखेती गर्दा मासिक करीब रू. ५० करोड सम्मको तरकारी फलाउन सकिने बताए । घरबाट निस्किने कुहिने फोहोरलाई मल बनाएर कौसीखेती गर्न सकिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)