ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उडान शुरु हुँदासम्म हवाइसेवा कम्पनीमा करीब ५ अर्ब नोक्सानीको अनुमान   

पुरानोे अवस्थामा फर्किन डेढ देखि दुई वर्ष लाग्ने अनुमान

२०७७ सावन, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

साउन १८, काठमाडौं । कोरोना महामारीको कारण करीब साढे चार महीना व्यवसायिक उडान बन्द रहँदा नेपालको निजी क्षेत्रको हवाई सेवा कम्पनीहरुले करीब रू.५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नु पर्ने स्थिति देखिएको छ । 
 

सिजनकै समयमा चार महीनाभन्दा बढी व्यवसायिक उडानहरु बन्द हँुदा सो नोक्सानी व्यहोर्नु पर्ने अनुमान हवाई सेवा सञ्चालक संघ (आवोन) को रहेको छ । गत वर्ष चैत ११ गतेबाट जारी गरिएको लकडाउन साउन ७ गतेबाट खुला गरिएपनि हवाई उडानहरु भने अझै बन्द छन् ।

सरकारले  आगामी भदौ १ गतेबाट मात्रै उडान सेवा खुला गर्ने बताएको छ ।  
लकडाउनको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्ड्यन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको आवोनका प्रवक्ता महासचिव मनोज कार्कीले जानकारी दिए । 

उनले कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र अन्तर्गत उड्डयन क्षेत्र परेकोले यसलाई पहिलेकै अवस्थामा ल्याउन डेढ देखि दुई वर्षको समय लाग्न सक्ने बताए । 
लकडाउनले गर्दा प्रायः उडानहरु ठप्प भएकोले यो अवधिमा निजी क्षेत्रका हवाई सेवा प्रदायकहरुले करीब रू.५ अर्ब बराबरको नोक्सानी व्यहोरेको महासचिव कार्कीले जानकारी दिए । 

‘हवाई सेवा कम्पनीहरुले दैनिक ४ लाख ५० हजार डलर अर्थात् दैेनिक रू.५ करोडभन्दा बढी आम्दानी गर्ने गर्दथे । चैतदेखि भदौ १ सम्ममा यो बीचमा केही अन्तरराष्ट्रिय उडानमा हिमालय एअरलाइन्सका केही राहत तथा मेडिकल उडानहरू, अन्य वायुसेवा कम्पनीका केही राहत उडानबाहेकका उडान नभएको अवस्थामा करीब रू.५ अर्बको नोक्सानी हुने हाम्रो अनुमान छ’, उनले भने । 

अन्तरराष्ट्रिय उद्दार तथा मेडिकल उडानमा नेपाल वायुसेवा निगम र हिमालय एअरलायन्सले केही उडान गरेपनि आन्तरिकमा ज्यादै न्युन उडान भएको र सिजनमै भएको लकडाउनले उड्डयन क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

यो रकममा नेपाल वायुसेवा निगमको नोक्सान भने जोडिएको छैन । यसअघि निजी क्षेत्रका हवाई सेवा प्रदायकले पर्यटन मन्त्रालयमा करीब रू.१० अर्ब नोक्सानी व्यहोर्नु पर्ने आंकलनसहितको विवरण पेश गरेका थिए । 

यस्तै लकडाउनको चार महीनाको अवधिमा उक्र क्षेत्रमा आवद्ध कुल जनशक्तिको १० प्रतिशत जनशक्ति मात्रै काममा आएको र ९० प्रतिशत जनशक्ति घरमै बस्न बाध्य भएको आवोनका प्रवक्ता योगराज शर्मा कंडेलले बताए । 

‘उडानहरु नहँुदा हामीले सबै जनशक्तिलाई काम दिने अवस्था रहेन । यो बीचमा बढीमा १० प्रतिशत जति जनशक्तिलाई मात्र काममा बोलाएका थियौं । अब खुलेपनि तत्कालै सबै जनशक्ति काममा फर्कने अवस्था नरहन पनि सक्छ’, उनले भने, ‘तत्काल उडान शुरु भएपनि पहिले जस्तो यात्रुको चाप नरहन सक्छ । यो अवस्थामा सबै जनशक्ति काममा फर्कन समय पक्कै लाग्ने छ ।’ 

उनका अनुसार उड्डयन क्षेत्रमा प्रत्यक्ष रुपमा करीब ४ हजार र अप्रत्यक्ष रुपमा करीब १५ हजार जनशक्ति आवद्ध छन् । उडान बन्द हुँदा कर्मचारीको पारिश्रमिक भुक्तानीमा पनि असर परेको आवोनले बताएको छ । प्रवक्ता कंडेलका  अनुसार उडान नियमित नभएपनि कर्मचारीहरुको करीब ५० प्रतिशत तलव भुक्तानी गरिएको र ५० प्रतिशत जति बाँकी नै रहेको छ । 

सन् २०२० को जनवरी अर्थात् विसं २०७६ पुसको दोस्रो साता) बाट शुरु भएकोे भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेकाले भ्रमण वर्षले उड्यन क्षेत्रमा आय वृद्धि हुने अपेक्षा गरिएकोमा महामारीको कारणले उड्डयन क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको आवोनका प्रवक्ता कंडेलले बताए ।  

नेपालमा आउने पर्यटकमध्ये करीब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट आउने गरेको र यो भ्रमण वर्षमा  अझै बढ्ने अपेक्षा हवाई सेवा कम्पनीहरुको थियो । यसले गर्दा आन्तरिक रूपमा चल्ने विमान कम्पनीको उडान चाप र आम्दानी दुवै बढ्ने अपेक्षा थियो । तर, सन २०२० को शुरुबाट नै महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरसका कारण उड्डयन व्यवसाय ठप्प बन्न पुगेको थियो । 

सरकारले भदौ १ गतेबाट उडान शुरु गर्ने निर्णय गरिसकेकोले अब सञ्चालन खर्च तथा तलब भुक्तानीको लागि कम्पनीहरुलाई तत्काल नगद अभाव रहने हँुदा सरकारले स्थापना गर्ने भनेको रू.५० अर्बको कोष तत्काल व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।  

हाल नियमित उडानका १० ओटा वायुसेवा कम्पनी र १० ओटा हेलिकप्टर कम्पनी पनि छन् । यी वायुसेवासँग ६० ओटा जहाज नियमित उडानका जहाज र ३३ ओटा हेलिकप्टर रहेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

आन्तरिक उडान गर्ने कम्पनीलाई टिक्न अहिले ठूलो चुनौती सृजना  भएको छ । सिजनमा प्रतिघण्टा २ हजार १०० अमेरिकी डलरसम्ममा उडान गर्ने  विमानको अहिले चार्टर दर करीब १ हजार डलर प्रतिघण्टामा सीमित भएको उनको धारणा छ । 
एक वर्षमा एउटा हेलिकप्टरले १ हजार ५०० घण्टासम्म र फिक्सविङ्सले ८०० घण्टासम्म उडान गर्ने गरेको संघको तथ्यांक छ । आन्तरिक उडानमा विदेशी पर्यटकबाट डलर फेयरमा भाडा लिइने हुँदा वायुसेवा कम्पनीहरुलाई केही राहत हुने गरेपनि अब उडान हुँदा त्यो अवस्था नरहने भएकोले पनि नोक्सानीलाई कभर गर्न समय लाग्ने आवोनको धारणा छ । 

बन्दाबन्दी खुले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल सबै उडान सम्भव नहुने भएकाले भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ सीमित उडान हुने हुनाले उड्यन क्षेत्र लयमा फर्कन समय लाग्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयमा महाप्रबन्धक  देवेन्द्र केसीले बताए । 

उडान खुले पनि पहिले जस्तो यात्रुहरू पनि नहुने भएकाले दुवैतर्फ सीमित उडान गरिनेछ । अवस्था हरेर क्रमशः उडानहरु थप्दै लैजाने उनले जानकारी दिए ।

विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिक सिजनमा आन्तरिक तथा बाह्य गरी ५०० मुभमेन्ट (उडान तथा अवतरण) हुने गथ्र्यो भने सामान्य अवस्थामा दैनिक ३७० ओटा जति मुभमेन्ट हुने गर्दथ्यो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)