ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तःशुल्क स्टीकर छपाइका लागि कागज किन्दै जनक शिक्षा

२०७७ सावन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएसँगै जनक शिक्षा सामग्री केन्द्रले ४० मेट्रिक टन कागज खरीदको काम अघि बढाएको छ ।

अन्तःशुल्क  स्टीकरको अभाव हटाउन तत्कालका लागि छपाइको जिम्मा जनक शिक्षालाई दिने निर्णय केही समयअघि अर्थ मन्त्रालयले गरेको थियो । अर्थको पत्र आएपछि जनक शिक्षाले कागज किन्नका लागि बोलपत्र आह्वान गरेको छ ।

सात दिनको समय दिएर अघि बढाइएको खरीद प्रक्रियामा स्वदेशी कम्पनीहरूले आवेदन दिन सक्ने जनक शिक्षाका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले बताए ।

‘अहिले थोरै परिणाममा कागज किनिँदै छ,’ उनले भने । कागज किनेपछि सरकारले माग गरेअनुसार स्टीकर छपाइको काम शुरू गर्ने केन्द्रको तयारी छ ।

अर्थ मन्त्रालयको शेयर लगानीमा सञ्चालित संस्थालाई विश्वास गरेर स्टीकर छपाइको जिम्मा दिइएकाले पूर्वाधार थपेर भए पनि आपूmहरूले पाएको स्टीकर छपाइको जिम्मेवारी पूरा गर्ने तिमिल्सिनाले बताए ।

अन्तःशुल्क स्टीकरको मौज्दात सकिनै लागे पनि सरकारले मदिरा तथा चुरोटमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइबारे निर्णय लामो समयदेखि लिन सकेको थिएन ।

ग्लोबल टेन्डर आह्वान गर्दा मौज्दात सकिसक्ने र स्टीकरको चरम अभाव हुने अवस्था आउन सक्ने भएकाले स्वदेशमै छाप्नुपर्ने दबाबमा आन्तरिक राजस्व विभाग थियो ।

लामो रस्साकस्सीपछि केही दिनअघि सरकारले स्टीकर छपाइकोे काम जनक शिक्षालाई दिने निर्णय गरेको थियो । तर, राजस्व विभागका अधिकारीहरू कति परिमाणको स्टीकर छाप्ने भन्नेबारेमा अझै निक्र्योल नभएको बताउँछन् । ‘तत्काल छपाइको जिम्मा जनक शिक्षालाई दिने टुंगो लागे पनि परिमाण भने अझै निर्क्योल भएको छैन । यसबारे छिट्टै टुंगोमा पुगिनेछ,’ विभागका एक उच्च अधिकारीले भने ।

परिस्थिति सहज नहुँदासम्म जनक शिक्षाले छाप्ने र सहज भएपछि पुुनः प्रतिस्पर्धामार्पmत छपाइको जिम्मा दिइने विभागको तयारी रहेको छ ।

यसअघि ग्लोबल टेन्डरमार्फत अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएको इन्डोनेशियाली कम्पनी पेरुमपेरुरी छपाइको कामबाट पछाडि हटेपछि सरकारले अघि बढाएको स्टीकर छपाइमा समस्या आइपरेको थियो । पेरुमपेरुरीले सबैभन्दा कम प्रस्ताव अर्थात् १ अर्ब ६५ करोड रुपैयाँमा स्टीकर छपाइ तथा आपूर्तिको प्रस्ताव गरेको थियो ।

सरकारले आयकरबाहेक वार्षिक करीब ६५ अर्ब रुपैयाँ राजस्व मदिरा तथा सुर्तीजन्य वस्तुबाट प्राप्त गर्ने भएकाले सुरक्षित मुद्रणलाई ध्यान दिइएको राजस्वका अधिकारीहरू बताउँछन् । त्यसो त, स्वदेशी कम्पनीलाई स्टीकरको छपाइको जिम्मा दिए पनि जनक शिक्षाको क्षमता र सुरक्षामाथि प्रश्न उठाइएको थियो ।

राजस्व विभागले सरकारी मुद्रण विभाग तथा जनक शिक्षा सामग्री केन्द्रलाई तत्कालका लागि छपाइको जिम्मा दिनेबारे अध्ययनसमेत गरेको थियो । सोही अध्ययनका आधारमा जनक शिक्षालाई हालका लागि छपाइको जिम्मा दिइएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)