ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री र विज्ञसमूह छलफल : कोरोना संक्रमित क्षेत्रमा कडाइको सम्भावना

२०७७ सावन, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडाैं । कोरोना भाइरस संक्रमण बढ्दै जाँदा विज्ञहरूले सरकारलाई गम्भीर बन्न सुझाव दिएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दलका नेता तथा
अन्य विज्ञहरूसँगको छलफलका क्रममा जनस्वास्थ्य विज्ञहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण भयावह हुने बताउँदै बढी संक्रमण भएको क्षेत्रमा थप कडाइ गर्न सुझाव दिएका हुन् ।

विज्ञहरूले संक्रमण नियन्त्रण गर्न  संक्रमित क्षेत्रमा कडाइ गर्ने वा २ हप्ता लकडाउन गनर्से म्मका सुझाव दिएका छन् । उनीहरूले आवश्यक परे कर्फ्यू  लगाउन वा संक्रमित क्षेत्लाई शिल गर्न, नेपाली नागरिक बाहेकलाई सीमाबाट प्रवेशमा कडाइ गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

सरकारले गतवर्ष चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी करीब ४ महीनापछि २ साता अगाडि मात्र खुला गरेको थियो । त्यसयता कोरोना संक्रमितको दर तीव्र रूपमा बढिरहेको छ । अहिलेको अवस्था कायम रहे कोरोना भाइरस भयावह हुने भन्दै विज्ञहरूले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् ।

नागरिकले कोरोना संक्रमणका विषयमा आवश्यक सचेतना नअपनाएका र सरकारले पनि बन्दाबन्दी अन्त्य गरी संक्रमणको त्रास नभएको जस्तो प्रचार गर्दा थप जोखिम देखिएकाले थप कडाइ गर्न आफूहरूले सुझाव दिएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले जानकारी दिए । उनले सबै खुला गर्दै जाँदा संक्रमण बढ्ने खतरा रहेकाले संक्रमण बढी भएका ठाउँमा थप कडा र सामान्य भएको ठाउँमा खुकुलो पार्ने गरी बन्दाबन्दी गर्न र परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए । ‘ठाउँ र अवस्था हेरी कडा वा नरम गर्नपर्छ  र परीक्षणको दायरा बढाउनुपर्छ भनेर अधिकांश विज्ञले सुझाव दिनुभएको छ,’ उनले भने, ‘तर, यसको सबै कुराको  ब्रहमास्त्र बन्दाबन्दी नै हो भन्ने होइन ।’

संक्रमित क्षेत्रबाट भइरहेको आवतजावतमा कडाइ गर्नुपर्ने संगठित पेशाक्षेत्रमा पनि जनस्वास्थ्यका मापदण्ड लागू गराउनुपर्ने मास्कको प्रयोग र व्यक्तिगत दूरी कायम गराउन कडाइ गर्नुपर्ने र आइसोलेशन तथा अस्पतालको क्षमता बढाउन अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिइएको अर्का जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेले बताए । प्रधानमन्त्रीले विज्ञको रायलाई सीसीएमसी तथा क्याबिनेटमा छलफल गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको डा.पाण्डेले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले छलफलमा विभिन्न सातबुँदे सुझाव दिएका छन् ।

उनले आरडीटी परीक्षण स्थायी रूपले अन्त्य गरी एक प्रदेशमा १ लाख नयाँ पीसीआर परीक्षण तत्काल प्रारम्भ गर्न र स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण  गराएका छन् । यस्तै उनले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्‍याउने व्यवस्था गर्न र सिमानाको आवागमनमा पूर्ण कडाइ र सीमानाका शिल गर्न देउवाले सुझाव दिएको नेपाली कांग्रेसले जानकारी दिएको छ । उनले परिस्थितिअनुरूपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई  नियमितता दिदैँ निर्मित रणनीतिको चुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)