ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य महासंघ चुनाव : नयाँ मोडालिटी तयार गर्न ६ सदस्यीय कार्यसमिति गठन

२०७७ सावन, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्वका लागि हुने आसन्न चुनावको नयाँ मोडालिटी तयार गर्न ६ सदस्यीय समिति गठन गरेको छ । बुधवार भएको महासंघको कार्यसमितिको भच्र्युल छलफलले १५ दिनभित्र कोरोना संक्रमणको जोखिमबीचमै नयाँ नेतृत्वका लागि चुनावको मोडालिटी तयार गर्न समिति गठन गरेको हो ।

समितिमा कार्यसमिति सदस्यहरू रञ्जित आचार्य, भरत आचार्य, सुनील गोपाल श्रेष्ठ, अरुण सुमार्गी, विनोद ढकाल र डीबी बस्नेत रहेका छन् । समितिले कोरोनाको बीचमै संक्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ नेतृत्वका लागि हुने चुनावको मोडालिटी तयार गर्नेछ । समितिले विद्युतीय मतदानमा जाने वा दूरी कायम गरी चुनाव गर्ने भन्ने विषयमा विज्ञहरूसँग छलफल गरी निर्णय गर्नेछ । समितिले विद्युतीय मतदानको मोडालिटी तयार गरेर सोहीअनुसार अघि बढ्ने र प्रत्यक्ष चुनाव गर्ने निर्णय गरे सरकारसँग अनुमति लिई चुनावको कार्यक्रम अघि बढाउने निर्णय भएको महासंघ कार्यसमिति सदस्य कृष्णप्रसाद दुलालले बताए ।

गतवर्ष चैत २८/२९ गतेका लागि तय गरिएको महासंघको ५४औं साधारणसभाले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई संस्थाको नेतृत्व प्रदान गर्ने कार्यक्रम भए पनि साधारणसभा नहुँदा नेतृत्व हस्तान्तरण हुनसकेको छैन । कोरोना संक्रमणको जोखिम

बढेपछि महासंघले स्थायी कमिटीको वैठकमार्फत चैत पहिलो साता चुनाव स्थगन गर्ने निर्णय गरेको थियो । सरकारले चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी गरेपछि महासंघको साधारणसभालाई लिएर विवादसमेत बढेको छ । असारमा भएको कार्यसमिति बैठकले साउन २६/२७ मा साधारणसभा गर्ने निर्णय गरेको थियो । सरकारले साउन ८ गतेदेखि बन्दाबन्दी अन्त्य गरे पनि सभासम्मेलन गर्न प्रतिबन्ध लगाएकाले साधारणसभा अझै अनिश्चित बनेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समूहमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघई र जिल्लानगरतर्फ गुणनिधि तिवारीले उम्मेदवारी घोषणा गरेका छन् भने किशोर प्रधानको समूहमा वस्तुगततर्पm अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र जिल्लानगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको विधानअनुसार गोल्छा अध्यक्ष बन्ने पक्का भए पनि वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षका लागि प्रतिस्पर्धा हुँदै छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । पूर्वअध्यक्षहरूले मिलाएर लैजाने पहल गरे पनि महासंघभित्र अन्तरसंघर्ष चर्किरहेको छ ।

पछिल्लो समय चुनाव गर्ने नगर्ने पक्षमा महासंघभित्र दुईपक्षीय अन्तद्र्वन्द्व चलिरहेको छ । महासंघका भावी अध्यक्ष शेखर गोल्छा र अध्यक्ष भवानी राणा जोखिमको अवस्था हेरेर चुनाव गर्नुपर्ने पक्षमा छन् । प्रधान समूह कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै चुनाव सार्नुपर्ने पक्षमा छ । ‘यस्तो बेला चुनाव गर्दा महासंघको गरिमामाथि नै प्रश्न उठ्छ, कार्यसमितिले के निर्णय गर्छ म त्यसमा सहमत छु । हामी मिलेर जानसमेत तयार छौं,’ प्रधान भन्छन् ।

तर, ढकाल पक्ष भने यही बीचमा वैकल्पिक बाटोबाट भए पनि चुनाव गर्नुपर्ने अडान राखिरहेको छ । ‘व्यवस्थित ढंगले भौतिक दूरी कायम गरी सरकारसँग अनुमति लिएर चुनाव गर्न सकिन्छ र यो गर्नुपर्छ,’ ढकालले भने । ‘चुनाव रोक्नुपर्ने कारण छैन, सरकारसँग अनुमति लिएर व्यवस्थित ढंगले चुनाव गर्न सकिन्छ तर नियतवश चुनाव सार्ने काम भइरहेको छ,’ उनले भने । चुनावको मोडालिटी बनाउन गठित समितिले चुनावको मोडालिटी बनाई साधारणसभा र चुनाव गर्नुपर्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)