ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सलहले मकै र धानबाली सखाप

२०७७ सावन, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महीनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथर फाँटमा छपक्कै भएको छ ।

लाखौंको संख्यामा रहेको सलहको झुण्डले बालीनाली नष्ट गरेपछि यहाँका किसानहरू चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायत गाउँहरूमा लगाइएको कोदो, मकै र धानबाली सलहको झुण्डले नष्ट गरेको हो ।

सलहले मकै, धान, कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका किसान धु्रब घिमिरेले बताए । ‘लाखौंको संख्यामा भित्रिएको सलहले गाउँनै छोपेको छ’, उनले भने, ‘भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पु¥याइसकेको छ ।’ बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन तथा थाल ठटाउनका साथै ध्वनी निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको घिमिरेको भनाइ छ ।

बिहीवार बिहानै खेतबारीमा देखिएको सलह शनिवार बिहानसम्म पनि खेतबारीबाट धपाउन नसकिएको बेनी नगरपालिका–२ खबराकी किसान तुलसी सापकोटाले बताइन् । सहलले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको उनको भनाइ छ । यस्तै तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको उनले बताइन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय थप चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सहल प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको बताएको छ ।

२ हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिंगा, भकुण्डेलगायत क्षेत्रमा देखिएको सहल मनसुन शुरू भएर पानी परेपछि केही निष्क्रिय बनेको थियो । तर, पानी पर्न छोडेर घाम लाग्न थालेसँगै पुनः सलह सक्रिय भएको स्थानीय बताउँछन् । पहिरो र कोरोना कहरकाबीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएका छन् ।

सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । म्याग्दीका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकै मात्रै होइन फलपूmल र तरकारीमा पनि ठूलो क्षति पुर्‍याइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)