ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई उडान र लामो दूरीको यातायात भदौ १५ गतेसम्म नखुल्ने 

नेपाल भारत सीमा नाका थप कडाई गर्ने सरकारको निर्णय

२०७७ सावन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन २६, काठमाडौं । सरकारले भदौ १ बाट सुचारु गर्ने भनेको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान र लामो दूरीको यातायात खोल्ने मिति भदौ १५ गतेसम्मलाई सार्ने निर्णय गरेको छ । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान तथा लामो दूरीको यातायात सुचारु गर्ने मिति पछि सार्ने निर्णय गरेको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतवार बसको बैठकले मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि हवाई उडान तथा यातायात १५ दिन पछि सार्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो । यद्यपी यसबारे मंगलवार या बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइने एक मन्त्रीले बताए । 

कोरोना संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने हो कि भन्ने चासोका बीच लकडाउन भने नगरिने बताइएको छ । यसअघि मन्त्रिपरिषद्को साउन ५ को बैठकले अन्तरजिल्ला यातायात, अन्तरराष्ट्रिय तथा आन्तरिक उडान तथा विद्यालय भर्ना लगायत भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय सीमा नाकामा थप कडाइ गर्दै भारतबाट आउने नेपालीहरूका लागि तोकिएको प्रवेश विन्दु आधा घटाएर १० मा राख्ने निर्णय पनि गरेको छ । 

सरकारले भदौ १ गतेदेखि उडान गर्न दिने निर्णय गरेपछि वायु सेवा कम्पनीहरूले कर्मचारीहरूलाई तालीम दिएर उडानको तयारी थालेका थिए । त्यस्तै कतिपय कम्पनीहरूले भाडादर तय गरी टिकट बुकिङसमेत शुरू गरेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सीमित नियमित हवाईसम्बन्धी मापदण्ड–२०७७’ मस्यौदा तयार पारेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पेश गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

ram chandrabk

[Aug 10, 2020 05:26pm]

Ramro


User Image

Ashis Banjade

[Aug 10, 2020 05:20pm]

Int flight को लागि चै नेपाल सरकार ले आउने आनुमती दिनुपर्ने हुन्छ किनभने बिदेश मा कतिपय नेपाली हरु को जागिर छैन



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)