ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ४६ लाख भन्दा बढीको अवैध सामान बरामद

२०७७ सावन, २७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । विश्वव्यापी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवधिभर कञ्चनपुरमा रू. ४६ लाख भन्दा बढी रकम बराबरको अवैध सामग्री बरामद भएको छ । जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गर्दै गरेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य निकायले रू. ४६ लाख २१ हजार बराबरको अवैध सामग्री बरामद गरेको गरेका हुन् ।

बरामद सामग्री कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको छ । कञ्चनपुर भन्सार कार्यालयको तथ्यांकअनुसार लकडाउन अवधिको चैत महीनामा रू. १७ लाख ५३ हजार ३८०, जेठमा रू. ९ लाख ६४ हजार १२१, असारमा रू. १९ लाख ३ हजार ५०४ बराबरको अवैध सामग्री बरामद भएको छ ।

वैशाखमा भने सामान बरामद नभएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीकी नायव सुब्बा हरिकला उप्रेतीले बताइन् । ‘लकडाउनका समयमा त यती भन्सार छली भइरहेको छ भने अरु बेला झन् कति हुन्छ होला’, नासु उप्रेतीले भनिन् । उनका अनुसार लत्ताकपडा, कस्मेटिक, हार्डवेयर, खाद्यान्न, इलेक्ट्रोनिक्स लगायत सामान बढी बरामद भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य विभिन्न निकायले अवैध सामग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले बताइन् ।

सशस्त्र प्रहरी राजस्व गस्तीले रू. ६ लाख ३३ हजार ३ सय ४० बराबरको अवैध सामग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । उक्त गस्तीले चैत महीनामा रू. ३ लाख २४ हजार ८६०, जेठमा रू. १ लाख ६२ हजार ६६० र असारमा रू. १ लाख ४५ हजार ८०० बराबरको अवैध सामग्री बरामद गरेको थियो । त्यस्तै सशस्त्र प्रहरीको अन्य निकायले रू. ९ लाख ७३ हजार ३८२ बराबरको अवैध सामग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

त्यसैगरी नेपाल प्रहरीले रू. ३० लाख १४ हजार २८३ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीले चैत महीनामा रू. १३ लाख २७ हजार, जेठमा रू. २ लाख ८ हजार ३४० र असारमा रू. १४ लाख ७८ हजार ९२३ बराबरको सामान बरामद गरेको भन्सार कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)