ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन बोर्डको बजेट ५० प्रतिशतले खुम्चियो

चालू आवका लागि रू. ८२ करोड बजेट

२०७७ सावन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । आयस्रोत नराम्ररी प्रभावित हुँदा नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्षको बजेटको आकार झन्डै ५० प्रतिशतले खुम्चिएको छ ।

मुलुकको पर्यटनको मुख्य जिम्मेवारी पाएको पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ का लागि करीब ८२ करोड रुपैयाँको बजेट सोमवार पारित गरेको छ । सोमवार बसेको बोर्ड सञ्चालक समिति बैठकले पारित गरेको उक्त बजेटले आन्तरिक पर्यटन प्रवद्र्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिएको छ ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव हुँदा यो वर्ष बोर्ड आफ्नो बजेटमा ठूलो कटौती गर्न बाध्य भएको हो । नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धन केन्द्रित बोर्डको गत आवको बजेट १ अर्ब ६३ करोड रुपैयाँको थियो ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ≈वात्तै घटाउनु परेको बोर्डले बताएको छ । पर्यटकीय गतिविधि सम्पूर्ण रूपमा बन्द भएको र बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले चालू वर्षको बजेटको आकार सानो भएको बोर्डका सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताए ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम अर्थात् टिम्स र पर्यटकबाट लिइने टुरिज्म सर्भिस शुल्कबाट आउने रकम नै हो ।

टुरिज्म सर्भिस शुल्कबाट वार्षिक रू. १ अर्बभन्दा बढी आय हुन्थ्यो भने टिम्सबाट २० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्थ्यो । अहिले पर्यटक आगमन बन्द भएकाले यी दुवै आय शून्य छन् । विश्वभर नै कोरोना संक्रमण कायमै रहेकाले नेपालमा पर्यटक आगमन कहिलेबाट शुरू हुने र यो वर्ष कति पर्यटक आउँछन् भन्ने सुनिश्चितता छैन ।

स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको बोर्डका सदस्य दासले बताए । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब २ लाख पर्यटक आउने अपेक्षासहित करीब रू. २४ करोड त्यसबाट आम्दानी हुने अपेक्षा गरेको छ । त्यस्तै नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएशन नेपाल (टान) को संयुक्त खातामा रहेको टिम्सबापतको १५ करोड रुपैयाँ, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने ६ करोड रुपैयाँ, एअर एशियाबाट प्राप्त हुनुपर्ने ५ करोड रुपैयाँ, यूएनडीपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको दासको भनाइ छ ।

बजेटको आकार सानो भए पनि यो वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा डिजिटल प्रमोशनमा जोड दिइने बोर्डले बताएको छ । विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धन तथा अत्यावश्यक कामका लागि मात्र बजेट तयार पारिएको बोर्डका अर्का सदस्य दीपक महतको भनाइ छ । ‘अहिले बा≈य मुलुकबाट यति नै पर्यटक आउँछन् भन्ने कुराको कुनै ग्यारेन्टी भएन । तर पनि हामीले करीब २ लाख अन्तरराष्ट्रिय पर्यटक आउने अपेक्षा गरेका छौं । कोरोना महामारीको अवस्था भोलि के हुने निश्चित नभएकाले स्वास्थ्य र सुरक्षा प्रोटोकल पालना गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन तथा अनुसन्धानमा जोड दिने योजना बोर्डको छ,’ उनले भने ।

बोर्डले यसअघि करीब २०–२५ करोडसम्मको निकै सानो आकारको बजेट ल्याउने तयारी गरेको थियो ।

तर, सरकारले बन्दाबन्दी खोलेकाले र निकट भविष्यमै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानसमेत खुला गर्ने निर्णय गरेकाले पर्यटकीय गतिविधि बढ्ने अपेक्षामा बजेट बढाइएको महतले बताए ।

बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डको भनाइ छ । तर, बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियामा प्रचारप्रसारका लागि भने बजेटको व्यवस्था गरिएको छ । कोरोनाका कारण पहिले जस्तो प्रवर्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले डिजिटल माध्यमलाई उपयोग गर्ने रणनीति बोर्डको छ । त्यस्तै, बजेटमा पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सृजना गर्ने कार्यक्रम समावेश गरिएको छ । यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब २ करोड रुपैयाँबाट पर्यटन श्रमिकलाई ब्याज अनुदान दिइने बताइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)