ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कोषबाट गोदावरीमा करीब साढे ३ करोड खर्च

२०७७ सावन, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले कोरोना कोषबाट रू. ३ करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । गत असार मसान्तसम्म इन्धन, खाद्यन्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरीद, खाना, भ्रमणभत्ता, झुल खरीदलगायत शीर्षकमा उक्त रकम खर्च भएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सुदूरपश्चिम प्रदेश सरकारले रू. ६६ लाख ४० हजार, संघीय सरकारबाट रू. ३० लाख ३८ हजार ३२५, नगरपालिका आफैले रू. २ करोड ५० लाख, नगरपालिका कर्मचारीबाट रू. ४ लाख ६५ हजार १४, सामुदायिक विद्यालयका शिक्षकबाट रू. ११ लाख ६८ हजार ४२० जम्मा भएको थियो ।

यस्तै बाह्रवन साझेदारी वन व्यवस्थापन समितिबाट रू. १ लाख ५० हजार, अत्तरिया साना सहकारी खानेपानीबाट रू. ५१ हजार, कञ्चन डेभलपमेन्ट बैंकका प्रबन्धकबाट रू. १० हजार तथा विभिन्न संघसंस्थाहरूबाट कोषमा कुल रू. ३ करोड ६५ लाख ७५ हजार ७५९ जम्मा भएको थियो ।

कोषबाट नगरपालिका कार्यालयले इन्धन खर्चबापत रू. ३ लाख १ हजार ९१४, राहत तथा क्वारेन्टिन खाद्यान्नबापत रू. ६६ लाख ९९ हजार ६७३, मेडिकल सामग्री खरीद रू. १ करोड ६ लाख ४२ हजार ३९८, रेनकोट र मास्क खरीदमा रू. १५ लाख ५३ हजार ८६२, भ्रमणभत्ता रू. ४२ हजार, झुल खरीद रू. ६ लाख ८९ हजार र स्यानिटाइजेसनमा रू. २ लाख २ हजार ५३३ खर्च भएको नगरपालिकाले बताएको छ ।

खाना व्यवस्थापन खर्च अन्तर्गत रू. १ लाख ४८ हजार ४५३ खर्च गरेको छ भने कार्यालयले बैठक खर्चबापत सो अवधिसम्ममा रू. १ लाख ३५ हजार खर्च गरेको छ । कोषको अब रू. ३७ लाख २८ हजार ३४५ बैंक मौज्दात रहेको पनि नगरपालिकाले जानकारी दिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)