ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीले बगाएकोे बेलिब्रिज १ महीनापछि सञ्चालन

२०७७ सावन, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । लगातारको वर्षापछि उर्लिएर आएको बाढीले क्षति पु¥याएको कालीगण्डकी कोरिडोेर अन्तर्गतको बेनी–जोमसोेम सडक खण्डकोे गलेश्वरस्थित राहुघाटको बेलिब्रिज मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

गएको असार महीनाको २५ गते रातीको वर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ को सीमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि पूर्णरूपमा अवरुद्ध भएको ब्रिज मर्मतपछि बुधवारदेखि सञ्चालनमा आएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।

‘आजदेखि हलुका सवारी साधन सञ्चालनमा आएका छन् । केही दिन हेभी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ’, तिवारी भने । हलुका सवारीसाधनलाई आवतजावत गर्ने गरी सञ्चालन गरिने ब्रिजबाट विद्युत्का ठूला उपकरण, हेभी इक्युमेन्ट ढुवानीले पुल भासिन सक्ने जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालयलाई निगरानीका लागि अनुरोध गरिएको छ ।

पुल पुनर्निर्माणमा जनश्रमदानसहित करीब रू. ५० लाख खर्च भएको छ । पुुल मर्मतमा बेनी–जोमसोम, कोरला सडक आयोजनाको आकस्मिक कोषबाट खर्च हुने गरी मर्मत गरिएको तिवारीको भनाइ छ ।

भदौ ८ गतेसम्मका लागि जिपसम्म पुलबाट आवाजजावत गर्न पाउने व्यवस्था मिलाइएको आयोजना सब–इन्जिनीयर गजेन्द्रप्रसाद रावतले बताए । ‘यो पुल अहिले पुरानो स्वरूपमा नै फर्किएको छ, पुलको क्षमता १८ दशमलव ५ टन सवारीसाधनसहितको छ’, उनले भने ।

भत्किएको पुललाई उठाउन भ्याटसहित रू. १० लाख, पुलको दुबै साइटमा ४४६ घनमिटर ग्याविन लगाइएको छ । ‘भत्किएको पुललाई मर्मत गरेर पुरानै स्वरूपमा ल्याउनका लागि रू. ४६ लाख लागत लागेको छ’, रावतले भने, ‘यसमा हामीले जनश्रमदानलाई जोडेका छैनौं । जनश्रमदानसहित करीब रू. ५० लाख लागत लागेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)