ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजाईनमा समस्या भएपछि कञ्चनपुरको दोदा नदीको पुल २ वर्षदेखि अलपत्र 

२०७७ भदौ, २  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

भदौ २, कञ्चनपुर । विसं २०७२ सालमा निर्माण शुरु गरिएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको दोदा नदीको पुल अलपत्र बनेको छ  । 

देखतभुली–पर्सिया–शंकरापुर गाउँ जोड्ने १७० मिटर लामो उक्त  पक्की पुल २०७५ साल पुस २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि डिजाईनमा समस्या भएको भन्दैै निर्माण कार्य अलपत्र पारिएको हो । 

सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्जिनियर लक्ष्मणदत्त जोशीले पुलको डिजाईनमा समस्या देखिएपछि निर्माण कार्य बन्द भएको बताए । उनका अनुसार २०७२ पुस २६ गतेदेखि शुरु भएको पुलको निर्माण कार्य डेढ वर्षदेखि ठप्प छ । करीब २४ करोड लगानीमा निर्माण हुन लागेको उक्त पुलमा हालसम्म पिल्लर मात्रै हालिएको छ । 

फुटपाथसहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले पुल निर्माणमा प्राविधिक समस्या आएको भन्दै निर्माण कार्य बन्द गरेको हो । ‘पुलको डिजाईनमै समस्या आयो, त्यसैले निर्माण रोकिएको छ,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर जोशीले भने । ‘पुलको डिजाईनमा समस्या देखिपछि विभागलाई पुलको नयाँ डिजाईनका लागि माग गरेका छौँ ।’ सूचना अधिकारी जोशीले भने ‘लकडाउनका कारण नक्सा डिजाईनमा ढिलाइ भएको छ, विभागले नक्सा पठाएकापछि काम शुरु हुन्छ’ उनले भने ।

जोशीका अनुसार पुलको पाईलिङ हाल्ने क्रममा पानीको पासआउटमा समस्या देखिएको छ । जमिनको सतहमुनि पानी भेट्टीएपछि पाईलिङमा समस्या भएको हो । पुनः डिजाईका लागि स्वयल टेष्टसँगै कोर टेष्ट गरी फाईल पठाई सकिएको उनको भनाइ छ ।

निर्माण कम्पनीका साईट ईन्जिनियर बसुन्धर भट्टले डिजाईनमा समस्या भएपछि निर्माण कार्य बन्द गरिएको बताए । उनका अनुसार पाईलिङका क्रममा बालुवाभन्दा १० मिटर मुनि पानी आएपछि फाउन्डेसन निर्माणमा समस्या भएको हो । 

‘डिजाईनमा समस्या रहेछ, त्यस्तै बनाउँदा पुल कमजोर बन्ने देखियो ।’ साईट ईन्जिनियर भट्टले भने पाईपिलङ हाल्दा बालुवामुनीको  पानीले कंक्रिट बगाउन थाल्यो, काम गर्न समस्या भयो ।’ 

दोदा नदीमा पुल नहुँदा लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने सडकमा सवारी साधन आवतजावत बन्द छ । नदीमा पानीको बहाब बढेपछि सवारी साधन आवतजावत बन्द भएको हो । 

वर्षातको समयमा लालझाडीको देखतभुली–पर्सिया सडकमा आवतजावत बन्द हुने गरेको लालझाडीका स्थानीयको भनाइ छ । दोदा नदीमाथि निर्माण गरिएको काठेपुल पनि नदीले बगाएपछि स्थानीय खोजिम मोलेर यात्रा गर्न बाध्य छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)